लुभु : ढाका उत्पादनमा दोस्रो पाल्पा !
ललितपुरको महालक्ष्मी नगरपालिकामा अवस्थित लुभुलाई ढाका उत्पादनको दृष्टिकोणले दोस्रो पाल्पा भनिन्छ । पर्यटकीय क्षेत्र ठमेललगायत नेपालको गार्मेन्ट उद्योगमा ढाकाको प्रमुख स्रोतको रुपमा लुभु रहेको छ ।
लुभुबाट देशका विभिन्न भागमा ढाका निर्यात गरिन्छ । पारम्परिक हाते तानदेखि अत्याधुनिक फ्याक्ट्रीबाट यहाँ ढाकाको उत्पादन गरिन्छ ।
ललितपुर उद्योग वाणिज्य संघका अनुसार लुभुमा मात्र करिब १ सयवटा कपडा उद्योग सञ्चालनमा रहेका छन् । यी उद्योगबाट वार्षिक रुपमा ९० लाख मिटरसम्म कपडा उत्पादन हुन्छ भने यी उद्योगहरुले १५ सयभन्दा बढीलाई रोजगारी सृजना गरेको छ ।
नेवार समुदायको बाहुल्यता रहेको यस क्षेत्रमा पहिले कृषि मुख्य पेशाको रुपमा रहँदै आएको थियो । पछि राणाकालदेखि त्यहाँ कपडा बुन्न सुरु गरिएको थियो । २०३१ सालदेखि स्वचालित तान प्रयोग गरेर कपडा उत्पादन सुरु गरिएकोमा अहिले अत्याधुनिक प्रविधियुक्त विद्युतीय मेसिनबाट कपडा उत्पादन हुन्छ ।
तर पछिल्लो समय भने यहाँको उद्योग संकटमा पर्दै गइरहेको छ । युवा पलायनसँगै दक्ष जनशक्तिको अभाव हुनुका साथै सरकारको उदासीनताको कारण यो उद्योग संकटमा परेको हो । यस क्षेत्रमा औद्योगिक ग्राम स्थपना गर्नुपर्ने आवज उठ्दै आइरहेको छ ।
हेरौँ केही तस्विरः







खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण