काठमाडौँ उपत्यकामा २३ जनामा डेङ्गू संक्रमण भेटियो
काठमाडौँ– सुनसरीको धरानबाट सुरु भएको डेङ्गू संक्रमण अहिले काठमाडौँ उपत्यकामा पनि देखिन थालेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमखु डा.विवेकलालका अनुसार उपत्यकाको अस्प्तालबाट हिजोसम्म आएको रिर्पाेटमा ५५ जनामा डेङ्गूको संक्रमण भेटिएको र त्यसमध्ये २३ जनाको ठेगाना काठमाडौँ रहेको बताए ।
प्रमुख डा.लालले रातोपाटीसँग कुरा गर्दै भने, ‘बाहिरबाट पनि उपचारको लागि काठमाडौँमा आएको हुँदा सबै बिरामी काठमाडौँकै भन्न नमिल्ने भन्दै २३ जनाको भने काठमाडौँको ठेगाना रहेको हुँदा काठमाडौँमा पनि देखिएको हो ।’
सय जनामा डेङ्गूको संक्रमण भएपनि ७५ देखि ९० प्रतिशत संक्रमण सुरुको अवस्थामा थाहा नहुने हुँदा समस्या भएको प्रमुख डा.लालले बताए । हाल नेपालको सुनसरी, मोरङ, झापा, कास्की, चितवन, कैलाली र काठमाडौँ उपत्यका लगायतको स्थानमा डेङ्गूको संक्रमण देखिएको छ ।
डेङ्गू संक्रमण विश्वव्यापी समस्या भएको हुँदा नियन्त्रणको लागि सबैभन्दा पहिला नागरिकनै सचेत हुनुपर्ने सरकारको भनाई छ । नेपालको शहरी क्षेत्रमा पर्याप्त मात्रामा खानेपानीको व्यवस्था नहुनु, फोहोर मैलाको व्यवस्थापन समयमा नगर्दा नै डेङ्गू संक्रमण फैलिएको महाशाखाको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
-
गच्छदारको गगन थापालाई सुझाव – असहमत पक्षलाई समेटेर बलियो कांग्रेसको सभापति बन्नुस्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण