साफ यू–१५ मा नेपालको पहिलो जित
शुक्रबार, ०६ भदौ २०७६, १९ : ४२
काठमाडौं-भारतमा जारी पाँचौं संस्करणको साफ यू–१५ पुरुष फुटबल च्याम्पियनसिप फुटबलमा नेपालले पहिलो जित निकालेको छ । भारतको कल्याणीमा शुक्रबार भएको खेलमा नेपालले श्रीलंकालाई २–० गोलले हरायो । नेपालको जितमा शशांक बोहोरा र अशिम राईले गोल गरे । नेपालले दुवै गोल दोस्रो हाफमा गरेको थियो । शशांकले ४६औं मिनेटमा गोल गरेका थिए ।
८३ औं मिनेटमा अशिमले गोल गर्दै नेपालको अग्रता दोब्बर बनाए । जितसँगै नेपालले दुई खेलबाट तीन अंक बनाएको छ । नेपाल पहिलो खेलमा आयोजक भारतसँग ५–० गोलले पराजित भएको थियो । नेपालले अब तेस्रो खेलम मंगलबार बंगलादेश र अन्तिम खेल बिहीबार भुटानसँग खेल्नेछ ।
नेपाल सहित बंगलादेश, भारत, श्रीलंका र भुटान सम्मिलित प्रतियोगिताका खेल राउन्ड रोविनको आधारमा सञ्चालन भएको छ । प्रतियोगिताको शीर्ष दुई टोलीबीच फाइनल भिडन्त हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण