रानाघाट स्टेशनमा गीत गाएर गुजारा गर्ने रानूको सलमान खानसँग सम्बन्ध, यत्तिकै हिमेशले दिएनन् मौका
हिमेश रेशमियाले इन्टरनेट सनसनी रानू मण्डललाई बलिउडमा मौका दिएका छन् । रानूको हिमेशसँग रेकर्ड गरेको भिडियो केही दिनअघि भाइरल भएको रानू मण्डलको रेलवे प्लेटफर्ममा गाएको गीत ‘एक प्यारका नगमा हे’ गाइरहेको भिडियोभन्दा बढी चर्चित भएको छ । बलिउडमा जो कोहीको प्रवेश पनि निकै गाह्रो छ । तर रानूलाई रेलवे स्टेशनबाट उठाएर सिधै बलिउडको गीत दिएका हिमेश रेशमियालाई धेरैले प्रशंसा गरिरहेका छन् ।
तर यसमा विशेष कुरा के छ भने अभिनेता सलमान खानका साथी हिमेश रेशमियाले यो काममा सलमान खानलाई क्रेडिट दिन बिर्सिएनन् । हिमेश रेशमिया सलमान खानको परिवारको तारिफ गरेर कहिल्यै थाक्दैनन्, यो कुरा जगजाहिर छ । हिमेशले सधैं आफू संगीतको दुनियाँमा खान परिवारको कृपाले मात्रै टिक्न सकेको बताउँछन् । उनले रानू मण्डलसँग गीत रेकर्ड गराएपछि मिडियासँगको कुराकानीमा सलमान खानका पिता सलिम खानको एउटा कुराले प्रभावित भएर आफूले रानूलाई गीतको अफर दिएको बताए ।
हिमेशले कुराकानीमा भने, ‘सलमान भाइका पिता सलिम अंकलको सल्लाह मेरो लागि निकै फलदायी साबित हुन्छ । उहाँले एकपटक मलाई जीवनमा कुनै प्रतिभाशाली व्यक्तिसँग ठोक्किए त्यसलाई कहिले पनि खेर जान नदिन सल्लाह दिए ।’ यसैको पालना गर्दै हिमेशले रानू मण्डलको भाइरल भिडियो देखे र उनको गायन शैली देखेपछि कुनै न कुनै बेला उनलाई गाउन लगाउने निर्णय लिए ।
हिमेशले आफ्नै फिल्मको गीत दिए रानूलाईः
रेलवेको एक प्लेटफर्ममा लता मंगेशकरको गीत ‘एक प्यारका नगमा हे’ गीत गाएको भिडियो भाइरल भएपछि सोसल मिडियामा चर्चित भएकी रानू मण्डल गायिकाको रुपमा बलिउडमा पदार्पणका लागि तयार छिन् ।
मण्डलको भिडियो २८ जुलाईमा ‘बरपेटा टाउन द प्लेस अफ पीस’ नामको फेसबुक पेजमा साझा गरिएको थियो । यो भिडियोलाई अहिलेसम्म ४० लाख बढीले हेरिसकेका छन् ।
संगीतकार–अभिनेता हिमेश रेशमियाले मण्डलसँग ‘तेरी मेरी कहानी’ शीर्षकको गीत रेकर्ड गरेकी छिन् । हिमेशका अनुसार यो गीत उनको आगामी फिल्म ‘ह्पाप्पी हार्डी एण्ड हीर’ मा राखिनेछ ।
रेशमियाले रानूसँग आफ्नो रेकर्डिङको क्रममा बनाएको भिडियो साझा गर्दै लेखे, ‘यदि हामीसँग आफ्नो सपना पूरा गर्ने क्षमता छ भने सबै सपना साकार हुनसक्छ । एक सकारात्मक धारणाले वास्तवमा सपनालाई साकार पार्न सक्छ । तपाईंको प्रेम र समर्थनका लागि धन्यवाद ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
२ प्रतिक्रिया
भर्खरै
-
राम चरणको बहुप्रतिक्षित फिल्म ‘पेद्दी’ को ओपनिङ कस्तो ?
-
रङ्गमञ्चमा फिल्म स्टारको लर्काे : अभिनयको तिर्खा कि नयाँ अवसरको खोजी ?
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण