एनआरएन आईसीसी सचिवमा अधिकारीको उम्मेद्बारीको घोषणा
युएई । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को सचिव पदमा विनय अधिकारीले उम्मेद्बारीको घोषणा गरेका छन् ।
अधिकारीले आगामी अक्टोबरमा काठमाडौँमा हुन लागेको नवौं सम्मेलनमा सचिव पदमा उम्मेद्बारी घोषणा गरेका हुन् ।
गैरआवासीय नेपाली संघलगायत अन्य थुप्रै सामाजिक सघ संस्थामा आबद्ध रहँदै आएका अधिकारी गैर आवासीय नेपाली संघ एनआरएनए यूकेको २०१७–२०१९ कार्यकालको लागि उपमहासचिव हुन् ।
डेढ दशकदेखि प्रवासमा रहि विभिन्न संघ संस्था तथा सामाजिक अभियानमा नेतृत्वदायी भूमिका निर्वाह गरेका अधिकारी एनआरएन युकेमा मात्र नभई केन्द्रीय कार्यसमितिमा समेत उर्जाशिल युवाको रुपमा परिचित छन् ।
केन्द्रीय कार्यसमितिदेखि विश्वभर रहेका गैरआवासीय नेपाली संघ राज्यसमितिमा समेत आफ्नो बलियो पकड बनाएका अधिकारी गैरआवासीय नेपाली संघको आगामी निर्वाचनमा केन्द्रीय कार्यसमिति सचिवका बलियो दाबेदार हुन् ।
लामो समयदेखि बेलायतमा व्यवसाय गर्दै आएका अधिकारी एनआरएनमा सक्षम नेतृत्व, साझा प्रतिनिधित्व, पारदर्शीता, जवाफदेहिता, समावेशिता, सामूहिक एकता, सबै नेपालीबीच एकता आजको एनआरएनएको आवश्यकता भएको बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अलोका कुकुरसहितको ‘शान्ति पदयात्रा’ टोली लुम्बिनीमा
-
असार महिनामा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
इतिहास रचेको कुरासाओमाथि जर्मनीको कहर: ७ गोल प्रहार गर्दै जर्मनीले देखायो आफ्नो शक्ति
-
जर्मनीको सानदार सुरुवात, कुरासाओ विरुद्ध ७–१ को विशाल जित
-
काइ हाभर्ट्जको व्यक्तिगत दोस्रो गोल, जर्मनी ७–१ को विशाल अग्रतामा
-
फिफा विश्वकप २०२६ः जर्मनीको सानदार सुरुवात
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण