पुडासैनी मृत्यु प्रकरण : प्रहरीको अनुसन्धान सकियो, मिसिल सरकारी वकिललाई बुझाइयो
काठमाडौं । आत्महत्या दुरुत्साहन अभियोगमा पक्राउ परेका टिभी प्रस्तोता रवि लामछिानेसहित ३ जनाविरुद्ध चितवन जिल्ला प्रहरी कार्यालयले रायसहितको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयलाई बुझाएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी दानबहादुर मल्लले आइतबार १२ बजे सरकारी वकिलको कार्यालयमा मिसिल पेश गरिएको रातोपाटीलाई जानकारी दिए ।
एसपी मल्ले भने, ‘सरकारी वकिल कार्यालयले अनुसन्धान प्रतिवेदन अध्ययन गरी अभियोग पत्र तयार गर्नेछ र अदालतमा पेश गर्नेछ । पर्याप्त प्रमाण नपुगेको अवस्थामा सरकारी वकिल कार्यालयले आफ्नै रोहबरमा छाड्न सक्ने अधिकार पनि छ ।’
लामिछानेविरुद्ध अभियोग पत्र दायर भएसँगै सरकारी वकिल र लामिछानेलगायतका वकिलबीच बहस सुरु हुनेछ । बहस आजै सुरु हुने बताइएको छ ।
सो मुद्दाको अनुसन्धान जिल्ला प्रहरी कार्यालय चितवनका इन्सपेक्टर दयाकृष्ण भट्टले हेरेका थिए । उनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सहयोग गरेको थियो ।
पुडासैनी मृत्यु प्रकरणमा लामिछानेसँगै सञ्चारकर्मी युवराज कँडेललाई पानीपोखरीस्थित न्युज २४ कार्यायलबाट प्रहरीले पक्राउ गरेको थियो । भने, रुकु भनिने अस्मिता कार्कीलाई सोही दिन कलंकीबाट पक्राउ गरेको थियो ।
पत्रकार पुडासैनी साउत २० गते नारायणगढस्थित कंगारु होटलमा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए । आत्महत्या गर्नुअघि पुडासैनीले खिचेको एक भिडियोमा लामिछाने, कँडेल र कार्कीले मर्न बाध्य पारेको बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जसाेतसाे सत्ता जाेगाए सुदूरपश्चिमका मुख्यमन्त्री शाहले
-
जसपा नेपाल विभाजन विवाद : सर्वाेच्चले गर्याे उपेन्द्र यादवको पक्षमा फैसला
-
जातीय भेदभाव राष्ट्रको साझा समस्या हो : गगन थापा
-
फारम भरेका एक वर्षपछि बल्ल परीक्षा, रिजल्ट के होला ?
-
काठमाडौँ फनपार्कलाई २ लाख ५ हजार जरिवाना, ऐन विपरित व्यापार गर्ने ८ फर्म पनि कारबाहीमा
-
कर्णालीका उपसभामुखको निजी निवासमा चोरीको प्रयास, झ्याल ढोका तोडफोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण