सिटीको सहज जित
आइतबार, ०८ भदौ २०७६, २२ : ०४
एजेन्सी- साविक विजेता म्यानचेस्टर सिटीले इङ्लिस प्रिमियर लिग फुटबलमा सहज जित निकालेको छ । आइतबार बेलुका भएको खेलमा सिटीले बर्नमाउथलाई ३–१ गोलले हरायो । बर्नमाउथको घरेलु मैदानमा भएको खेलमा सिटीलाई जित दिलाउन सर्जियो अग्युरोले १५औं र ६४औं मिनेटमा दुई गोल गरे ।
रहिम स्ट्रर्लिङले ४३औं मिनेटमा एक गोल गरेका थिए । बर्नमाउथका लागि ह्यारी विल्सनले ४५औं मिनेटमा सान्त्वना गोल फर्काएका थिए । जितसँगै सिटीले तीन खेलबाट सात अंक बनाएको छ । लिगमा पहिलो हार खेपेको बर्नमाउथको समान खेलबाट चार अंक छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण