सुटिङ अघि नै सलमानको फिल्मले पायो १९० करोड भारु
संजय लिला भंसालीको फिल्म ‘इंशाल्लाह’ ती फिल्ममध्येको एक हो जसलाई दर्शकले व्यग्र प्रतिक्षा गरिरहेका छन् । यो फिल्ममा भंसाली र सलमान खान दुई दशकपछि सँगै फिल्म गर्दैछन् । दुबैको पछिल्लो फिल्म ‘हम दिल दे चुके सनम’ लाई निकै रुचाइएको थियो । यसबाहेक सलमान खान र आलिया भट्ट यस फिल्ममार्फत् एक–अर्काको अपोजिटमा देखिनेछन् । फिल्मको निकै लामो समयदेखि चर्चा भइरहेको छ र यसबारे थप रोचक खबर सार्वजनिक भएको छ । फिल्मको थिएट्रिकल राइट्स (थिएटरमा देखाउने अधिकार) जुन मूल्यमा बेचिएको छ त्यो सुनेर तपाईं अचम्मित हुनुहुनेछ ।
रिपोर्टका अनुसार भंसालीले यो फिल्मको थिएट्रिकल राइट्स १६५ करोड भारुमा बेचेका छन् । यसबाहेक उनले प्रोमोशन र विज्ञापनका लागि २५ करोड भारु लिएका छन् । यसरी फिल्मको मूल्य १९० करोड भारु पुगेको छ । यो हेरेपछि फिल्मको डिजिटल र सेटलाइट राइट्सले पनि उच्च मूल्य पाउने आशा गरिएको छ ।
फिल्म सन् २०२० मा रिलिज हुनेछ र चाँडै नै यसको सुटिङ सुरु हुँदैछ ।
स्मरण रहोस्, भंसाली यो फिल्मलाई सलमान खानको प्रोडक्सन कम्पनी सलमान खान फिल्म्ससँग मिलेर बनाउने भएका छन् । फिल्मको झोलीमा सुरुमै यति ठूलो रकम आएपछि निर्माता निकै उत्साहित छन् । यो फिल्ममा सलमान खान एक व्यवसायीको भूमिकामा देखिनेछन्, यस्तै आलिया भट्ट फिल्ममा संघर्षरत नायिकाको भूमिका देखिनेछिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण