धेरैलाई आश्चर्यमा पार्दै इरानका विदेश मन्त्री अकस्मात जी–७ बैठकस्थलमा
एजेन्सी । इरानका विदेश मन्त्री मोहम्मद जाभेद जरिफले बियारिट्जमा भइरहेको जी–७ वैठकमा अकास्मात उपस्थित भएका छन् । त्यहाँ जरिफ र फ्रेन्च राष्ट्रपति इमानुअल म्याक्रोबीच बैठक पनि भएको छ ।
भेटको खबर जारिफ स्वयमले आइतबार साँझ ट्वीटरमार्फत गरेका थिए । उनले ट्वीटरमा फ्रेन्च राष्ट्रपति म्याक्रो र उनका विदेश मन्त्री जँ–एभ ल ड्रियनसँग भेटघाटको फोटो पोष्ट गरेका थिए ।
जी–७ को मूल बैठकमा इरानप्रतिको पश्चिमी नीतिलाई लिएर विवाद भइरहँदा वैठकको साइडलाइनमा फ्रेन्च राष्ट्रपति र इरानका विदेशमन्त्रीसँग भेटघाट हुनुलाई सांकेतिक रुपमा हेरिएको छ । फ्रान्स जारी जी–७ सम्मेलनको आयोजक राष्ट्र हो ।
दुई नेताबीच बियारिट्जको मेयरको कार्यालयमा भेट भएको मानिएको छ । उक्त भवन जी–७ को बैठक भइरहेको भवनको सडकपारी रहेको छ ।
इरानका विदेशमन्त्रीले ब्रिटिस र जर्मन अधिकारीसँग पनि आफ्नो छोटो सम्वाद भएको बताएका छन् ।
एक जना शीर्ष फ्रेन्च कुटनीतिज्ञका अनुसार खाडी क्षेत्र बढ्दो तनाव कम गर्न र इरानसँगको कुटनीति पुनः सुचारु गर्ने उद्देश्यका साथ जरिफलाई बियारिट्जमा बोलाइएको बताए । जरिफले शुक्रबार राजधानी पेरिसमा पुन म्याक्रोसँग भेटेको खबर छ ।
‘हामीहरु महिनौँदेखि तनाव कम गर्ने र उपयोगी सम्वाद गराउने प्रयासमा छौँ,’ एक जना शीर्ष फ्रेन्च कुटनीतिज्ञले बताए । सोही कुटनीतिज्ञले फ्रान्सले अमेरिका र इरानबीच मध्यस्थकर्ता गर्न नखोजेको बताए । ‘यो चरणमा’ इरानी र अमेरिकीलाई एक ठाँउमा ल्याउने उद्देश्य नै नरहेको उनले बताए ।
फ्रेन्च कुटनीतिज्ञहरुले जरिफ जी–७ को औपचारिक पाहुना नभएको तर म्याक्रोले सम्मेलनका अन्य नेतालाई उनीसँगको भेटबारे अवगत गराएको बताएका छन् ।
‘हाम्रा राष्ट्रपतिले हिजो जी–७ का सबै नेतासँग कुराकानी गरेका थिए । सो क्रममा सबैलाई यस भेटबारे अवगत गराइएको थियो,’ शीर्ष कुटनीतिज्ञले बताए ।
जारिफको आवगमनबारे पत्रकारले प्रश्न गर्दा ट्रम्पले भने यस विषयमा ‘केही नबोल्ने’ प्रतिक्रिया दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: मध्यरातमा सुरु भयो सुदूरपश्चिमको बजेट भाषणदेखि नेकपामा चुलियो असन्तुष्टिसम्म
-
मध्यराति सुदूरपश्चिम सरकारको बजेट, प्रतिपक्षद्वारा संसद् बहिस्कार
-
मध्यरातमा सुरु भयो सुदूरपश्चिमको बजेट भाषण
-
विश्वकपमा नवप्रवेशी केप भेर्डेले स्पेनलाई रोक्यो, गोलरहित बराबरी
-
पूर्वस्वास्थ्य अतिरिक्त सचिव डा. संगीता मिश्रसहित ८ जनालाई सफाइ
-
बगरलाई बगैँचा बनाउने अभियानमा जुट्दै युवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण