बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

सेनाको ६ अर्ब बेरुजु फछ्र्योट

सोमबार, ०९ भदौ २०७६, १२ : ५७
सोमबार, ०९ भदौ २०७६

काठमाडौं– नेपाली सेनाले आर्थिक वर्ष २०७५/७६ मा बेरुजु फछ्र्योटमा उल्लेखनीय उपलब्धि हासिल गरेको छ । नेपाली सेनाको नाममा कायम भएको कूल रु नौ अर्ब ३३ करोड ४४ लाख पाँच हजारमध्ये उक्त आर्थिक वर्षमा रु छ अर्ब २८ करोड ७६ लाख ६८ हजार बेरुजु फछ्र्योट गर्न सफल भएको प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए ।
 
आव २०७५/७६ मा ६० प्रतिशतको लक्ष्य राखिएकामा ७६.३६ बेरुजु फछ्र्योट भएको र बाँकी बेरुजुमध्ये पनि ९७ प्रतिशत पेश्की बेरुजु रहेको उनले बताए । नेपाली सेनाले सङ्गठनको नाममा रहेको बेरुजु फछ्र्योट गरी शून्य बनाउने र आगामी दिनमा बेरुजु नै हुन नदिने नीति बनाएर काम गरिरहेको छ ।
 
सेनाको कल्याणकारी कोषतर्फको बेरुजुु रु ७० करोड २० लाख ९३ हजार रहेकामा उक्त आवमा रु ४४ करोड २० लाख ६० हजार फछ्र्योट गरी ६२.९६ प्रतिशत प्रगति हासिल भएको जनाइएको छ । पछिल्लो समय बेरुजु घटाउन सङ्गठन संवेदनशील र सक्रिय रहेको हुँदा बेरुजु फछ्र्योटको अवस्था पछिल्लो समय निकै सुधारोन्मुख रहेको प्रवक्ता पाण्डेले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप