वन विज्ञान अध्ययन संस्थानमा नेपाल बैंकको एक्सटेन्सन काउण्टर
काठमाडौं– पोखरा महानगरपालिका वडा नंं–१५ वन विज्ञान अध्ययन संस्थानमा नेपाल बैंक लिमिटेडले एक्सटेन्सन काउण्टर संचालनमा ल्याएको छ ।
पोखरा पृथ्वीचोक शाखा अन्र्तगत सञ्चालित विस्तारित काउण्टर र ए.टी.एम. को पोखरा महानगरपालिका वडा नंं–१५ का वडा अध्यक्ष प्रकाश पौडेल, नेपाल बैंक लिमिटेड गण्डकी प्रदेशिक कार्यालयका प्रमुख विनय केशरी पौड्याल, वन विज्ञान अध्ययन संस्थान पोखराका क्याम्पस प्रमुख भरत महतो र पृथ्वीचोक शाखाका शाखा प्रबन्धक निलुजा श्रेष्ठद्वारा संयुक्त रुपमा उद्घाटन भयो ।
वन विज्ञान अध्ययन संस्थान पोखराका प्रध्यापक तथा कर्मचारीहरु, स्थानीय उद्योगी व्यवसायिहरु, समाजसेवीहरु, बिभिन्न संघ सस्थाका प्रमुखहरु, साथै स्थानीय ग्राहकहरुको उल्लासमय उपस्थिति रहेको उक्त कार्यक्रमका बक्ताहरुले देशको पहिलो बैंक नेपाल बैंक सम्पूर्ण नेपालीहरुको पहिलो रोजाइमा परेको बताएका थिए ।
हाल गण्डकी प्रदेशमा बिभिन्न २२ वटा शाखाहरु, १५ वटा ए.टी.एम. र ५ वटा एक्टेन्सन काउन्टरहरु मार्फत यस बैंकले सरकारी कारोवार सहितका बिभिन्न अत्याधुनिक बैंकिङ्ग सुबिधाहरु प्रदान गर्दे आईरहेकोमा निकट भविष्यमा अन्य विभिन्न क्षेत्रहरुमा समेत बैंकका थप नयाँ शाखाहरु स्थापनाको क्रममा रहेको हँुदा बैंकले आफ्नो उपस्थितिलाई गण्डकी प्रदेशमा थप दरिलो बनाउदै लैजाने बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
-
स्वास्थ्यमन्त्रीले गरिन् खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण