नाडा आटो शो २०१९ : तस्विरमा हेर्नुहोस् अटो मोबाइल्सको कुम्भ मेला
भाद्र १० अर्थात् आजबाट राजधानीमा अटो मेला शुरु भएको छ। अर्थमन्त्री डाक्टर युवराज खतिवडाले राजधानी काठमाडौँको भृकुटीमण्डपमा नाडा आटो शो २०१९ को उद्घाटन गरेका हुन् ।
प्रत्येक वर्ष दसैँतिहारलाई नै लक्षित गर्दै अटोमोबाइल सम्बद्ध संस्था नाडा अटोमोबाइल एसोसियसन अफ नेपालले अटो सोको आयोजना गर्दै आइरहेको छ । यस वर्ष पनि नाडाले सोही मौसम पारेर मेलाको आयोजना गरेको हो ।

अटो सोलाई अटो मोबाइल्स क्षेत्रकै कुम्भ मेलाको रूपमा चित्रण गर्ने गरिन्छ । त्यसो त नेपालमा उपलब्ध सबै खाले अटो प्रोडक्ट तथा ब्रान्डहरुका गाडीहरु यसै सोमार्फत प्रदर्शन गरिने हुनाले पनि त्यसो भनिएको हो ।

सन् १९९८ बाट नेपालमा आयोजना गर्न थालिएको अटो सोले २०१९ सम्म आइपुग्दा १३ वटा सो प्रदर्शन गरिसकेको छ । सन् २०१० सम्म नाडा अटो सो दुई वर्षमा एक पटक मात्र हुने गरेको थियो । पछि सन् २०११ को अटो सोपश्चात भने वार्षिक रूपमा निरन्तर अटो सोको आयोजना हुँदै आएको छ । यस वर्षको अटो सो १४औँ संस्करणको सो हो ।

यस वर्ष २३ ब्रान्डका चारपाङ्ग्रे सवारी साधन, १९ ब्रान्डका दुईपाङ्ग्रे सवारी साधन, ९ ब्रान्डका टायर, ५ ब्रान्डका ब्याट्री, १४ ब्रान्डका पार्टपुर्जा र १३ वटा वित्तीय संस्थाहरुले अटो सोमा सहभागीता जनाउँदै छन् ।
भाद्र १० गतेदेखि १५ गतेसम्म ६ दिन राजधानीको भृकुटी मण्डपमा आयोजना हुने यस अटो मेलामा ६५ हजार अवलोकनकर्ताहरुले अवलोकन गर्ने आयोजक नाडाले जनाएको छ ।























खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण