चट्याङ लागेर ओखलढुंगामा एक वृद्धाको मृत्यु, घर जल्यो
ओखलढुङ्गा–ओखलढुंगामा सोमबार बेलुका पानीसँगै परेको चट्याङले लागेर एक वृद्धाको मृत्यु भएको छ । जिल्लाको सुनकोशी गाउँपालिका १ भिरगाउँका ६८ वर्षिया कृष्णमाया मगरको चट्याङ लागेर मृत्यु भएको हो ।
घरनजिकैको बारीमा घाँस काट्दै गरेका मगरलाई एक्कासी चट्याङले लागेको स्थानीयले बताएका छन् । चट्याङले लागेका मगरलाई स्थानियले उद्धार गरी घरमा ल्याउदै गर्दा मृत्यु भएको ओखलढुंगा प्रहरी निरिक्षक राजिव श्रेष्ठले बताए । मृत शवलाई पोष्टमाटका लागी जिल्ला अस्पलात रुम्जाटरमा ल्याईदै छ ।
त्यस्तै सोमबार नै जिल्लाको चम्पादेबी गाउँपालिका ८ बिलन्दुमा एक स्थानियको घरमा चट्याङ पर्दा टिनको छानो भएको घर जलेको छ । स्थानीय भोला बहादुर गुरुङको घरमा चट्याङ परेर आगलागी हुदाँ घर जलेको प्रहरी निरीक्षक श्रेष्ठले बताए । आगलागीका कारण गुरुङको करिब १ लाख ६० हजार बराबरको क्षती भएको प्रहरीको अनुमान छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई जना भारतीय नागरिक पक्राउ
-
इरानका पश्चिमी र दक्षिणी सहरसम्म फैलियो अमेरिकी आक्रमण
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण