डोनाल्ड ट्रम्पले जी–७ को एउटा सत्र किन बहिष्कार गरे ? कार्यक्रम अवधिभर कुर्सी खाली
एजेन्सी– जी–७ को ४५औँ संस्करण फ्रान्सको बियारिचमा अगस्ट २४–२६ मा सम्पन्न भयो । यसका केही प्राथमिक एजेन्डा थिए । यस सम्मेलनमा समकालीन विश्वका जल्दाबल्दा मुद्दालाई प्रथमिकतामा राखेर रणनीति बनाउने र त्यस सम्बन्धमा साझा धारणा बनाउने प्रयास गरिन्छ । तर यो पटकको एउटा महत्वपूर्ण सत्रमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बहिष्कार गरेका छन् ।
समिटको एउटा सत्रमा जलवायू परिवर्तनको विषय राखिएको थियो । यसमा जी ७ समूहका सदस्य राष्ट्रका सबै प्रमुखहरुको उपस्थिति हुने अपेक्षा गरिएको थियो । त्यसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पनै उपस्थित भएनन् । उनको कुर्सी कार्यक्रम अवधिभर खालीनै रह्यो । यस सत्रको सभापतित्व फ्रान्सका राष्ट्रपति म्याक्रोले गरेका थिए ।
उनले उपस्थित सबै नेताहरुलाई पुनर्चक्रित प्लाष्टिकबाट एक एकवटा हेडवाच बाँडेका थिए । अमेरिकाले जलवायू परिवर्तनको मुद्धाका विभिन्न अभिसन्धिहरुमा सहमति मौखिक सहमति जनाएपनि हस्ताक्षर गर्न आनकानी गर्दै आएको छ । विश्वमा जलवायू परिवर्तनको मुख्य कारक मानिने ग्यास उत्सर्जनमा अमेरिका, चीन, बेलायत लगायतका देशहरु जिम्मेवार रहेको मानिँदै आएको छ ।
यस समिटमा विशेषगरी ६ वटा महत्वपूर्ण एजेण्डाहरुबारे बहस भएको थियो । अमेजनको डढेलो, ब्रेग्जिट, इरान, काश्मिर, जलवायू परिवर्तन र हङकङमा चलिरहेको प्रदर्शनको विषयले समिटमा प्राथमिकता पाएको थियो ।
समिटमा विश्वभरका १५ देशका राष्ट्र प्रमुखहरुको उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: मध्यरातमा सुरु भयो सुदूरपश्चिमको बजेट भाषणदेखि नेकपामा चुलियो असन्तुष्टिसम्म
-
मध्यराति सुदूरपश्चिम सरकारको बजेट, प्रतिपक्षद्वारा संसद् बहिस्कार
-
मध्यरातमा सुरु भयो सुदूरपश्चिमको बजेट भाषण
-
विश्वकपमा नवप्रवेशी केप भेर्डेले स्पेनलाई रोक्यो, गोलरहित बराबरी
-
पूर्वस्वास्थ्य अतिरिक्त सचिव डा. संगीता मिश्रसहित ८ जनालाई सफाइ
-
बगरलाई बगैँचा बनाउने अभियानमा जुट्दै युवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण