के सलमानले रानूलाई दिए ५५ लाखको घर ?
सोसल मिडियामा सक्रिय हुनेहरुलाई पक्कै पनि रानू मण्डल को हुन् थाहा होला । लता मंगेशकरको स्वर रहेको ‘एक प्यारका नगमा हे’ गीत गाएर रातारात इन्टरनेट सेन्सेसन बनेकी रानूको जीवनले यस्तो मोड लिएको छ कि उनको संसार नै बदलिएको छ ।
संगीत निर्देशक हिमेश रेशमियाले उनलाई आफ्नो फिल्म ह्याप्पी हार्डी एण्ड हिरमा गाउने मौका दिएका छन् । तर रानूबारे एउटा यस्तो खबर सोसल मिडियामा भाइरल भइरहेको छ जसबारे थाहा पाउँदा तपाईं चकित हुनुहुनेछ ।
स्मरण रहोस्, जब रानूको सुरिलो स्वरको भिडियो इन्टरनेटमा भाइरल भएको थियो तब हिमेशले एक सिंगिंग रियालिटी शोमा उनलाई बोलाएर गीत गाउन लगाए र आफ्नो फिल्ममा गीत गाउन लगाउने भनेर घोषणा गरे । हिमेशले आफ्नो बचन पनि निभाए । ह्याप्पी हार्डी एण्ड हिरमा रानूले तेरी मेरी कहानी रेकर्ड गरेकी छिन् जसको एउक भिडियो सोसल मिडियामा धेरैले हेरेका छन् ।
यस्तै, सोसल मिडियामा सलमान खान रानूको मद्दतका लागि अग्रसर भएको चर्चा पनि अत्यधिक छ । सलमानले उनलाई ५५ लाखको घर दिएको भन्ने खबर निकै फैलिएको छ । सलमानले रानूलाई आफ्नो नयाँ फिल्म दबंग थ्री मा गीत गाउन लगाउने बताइएको छ । यद्यपि, यी खबरको अहिलेसम्म आधिकारिक पुष्टि भने भएको छैन । यसै पनि सलमान बलिउडमा आफ्नो सहयोगी छविका लागि चर्चित छन् ।
रानू पश्चिम बंगलाको रानाघाटमा बस्छिन् र त्यहाँ स्टेशनमा फिल्मको गीत गाएर गुजारा गर्थिन् । यतिबेला स्थानीय युवक अतिन्द्रले उनको भिडियो रेकर्ड गरेर सोसल मिडियामा पोष्ट गरेका छन् । भिडियो भाइरल भयो र रानू स्टार बनिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छुट्टाछुट्टै सडक दुर्घटनामा चार जनाले ज्यान गुमाए, दुई घाइते
-
१७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा युवक पक्राउ
-
घरेलु कामदारका रूपमा महिलालाई अवैध रूपमा खाडी पठाउने ६ जना पक्राउ, ३१ लाख नगद बरामद
-
मानव अधिकार आयोगको प्रतिवेदन बदनियतपूर्ण रहेको एमालेको निष्कर्ष, भूतप्रभावी कानुन बनाउने सिफारिसमा आपत्ति
-
संविधान संशोधन गर्दा मूल संरचनालाई कुनै पनि हालतमा खण्डित गर्न हुँदैन : रेग्मी
-
क्युबाका राष्ट्रपतिमाथि अमेरिकाले लगायो प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण