सोमबार, ११ साउन २०८३
ताजा लोकप्रिय

नागरिकता वितरण ऐन फितलो भए राष्ट्रियता धरापमा पर्छः मुख्यमन्त्री शाही

बुधबार, ११ भदौ २०७६, १३ : ३६
बुधबार, ११ भदौ २०७६

भक्तपुर । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले नागरिकता वितरण ऐन फितलो भए राष्ट्रियता धरापमा पर्न सक्ने बताएका छन् । 

भक्तपुरमा बुधबार आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहीले भने, ‘वास्तविक नागरिकले सजिलै नागरिकता पाउनुपर्छ भन्नेतर्फ सचेतता अपनाउनुपर्ने बताए ।’

कर्मचारी समायोजन पश्चात सबै प्रदेशमा कर्मचारीको अभाव रहेको र त्यसमध्ये पनि कर्णाली प्रदेश झनै मर्कामा रहेको उनको भनाइ रहेको छ । 

प्रदेश सरकारलाई लोकसेवा सुविधा तत्काल दिइ कर्मचारीको अभाव परिपूर्तिको लागि मार्ग खुल्ला गरिदिनु पर्नेमा मुख्यमन्त्री शाहीले जोड दिए । 

संघीयता कार्यान्वयनमा जटिला देखिएको भन्दै उनले लागू भएकाे डेढ बर्ष सम्म पनि कानुनले पूर्णता पाउन नसक्दा संबैधानिक प्रश्न उब्जिएको बताए । 

करका बारेमा तीनै तहका सरकारबीच देखिएको केही समस्याका कारण जनआवाज उठेता पनि करकै कारण संबिधान कार्यान्वयनमा खासै प्रभाव नपर्ने उनको भनाई रहेको छ ।

वर्तमान समयमा नेपालीमा हालको व्यवस्था परिवर्तन हुन्छ कि भन्ने जुन आशंका पैदा गर्ने काम भएको छ यसमा परम्परागत सोच र संस्कृतिको हावी भएको उनको भनाइ छ ।

उनले विप्लव नेतृत्वको पार्टीमाथि सरकारले लगाएको प्रतिबन्ध उसको गतिबिधि अनुसार ठिक भएको पनि उनले बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप