११ हजार भोल्टेजको लाइन पड्किएपछि सिंहदरबार अँध्यारो
बुधबार, ११ भदौ २०७६, १४ : ०७
काठमाडौं– मुख्य प्रशासनिक केन्द्र सिंहदरबारमा विद्युत अवरुद्ध भएपछि कामकाज ठप्प भएको छ । दिउँसो १२ बजेतिर सिंहदरबारको पूर्वी गेट छेउ र उर्जा मन्त्रालयको छेउमा ११ हजार भोल्टेजको विद्युत लाइन पड्किएको नेपाल विद्युत प्राधिकरण रत्नपार्क नो लाइटका एक कर्मचारीले जानकारी दिए ।
अहिले प्राधिकरणका कर्मचारीले विद्युत लाइन मर्मत गर्न थालेका छन् । दिउँसो ३ बजेसम्म विद्युत सेवा सुचारु हुने उनले बताएका छन् । विद्युत अवरुद्ध भएपछि कम्प्युटर तथा इन्टरनेटमा आधारित भएर गर्नुपर्ने काममा बाधा पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत पाकिस्तान तनाव : कश्मीरका विद्यालय बन्द, परीक्षा स्थगित
-
तीन तलामाथिबाट खसेर वृद्धाको मृत्यु
-
आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
कञ्चनपुर–कमला सडक विस्तारः लहानमा ‘ओभरपास’ निर्माण थालियो
-
भारतले २४ वटा क्षेप्यास्त्र प्रहार गर्यो : पाकिस्तान
-
भारत र पाकिस्तान तनाव : सैन्य शक्ति कसको बढी छ ?