एनआईसी एशियाले १०% वोनश तथा ११% नगद लाभांश दिने
बुधबार, ११ भदौ २०७६, १७ : ०९
काठमाडौं– एन आई सी एशिया बैंक लिमिटेडले १०% वोनश तथा ११% नगद लाभांश दिने भएको छ ।
बैंकको सञ्चालक समितिको बैठकले आफ्ना शेयरधनीहरुलाई आ.व. ०७५/०७६ को लागि प्रति शेयर रु.१० (१०%) ले हुन आउने रकम रु. ८८ करोड ३४ लाख २२ हजार ८ सय ७० शेयर लाभांश तथा रु. ११.०५२६ (११.०५२६%) ले हुन आउने रकम ९७ करोड ६४ लाख १४ हजार ७ सय ५१ नगद लाभांश (कर प्रयोजनको लागि समेत गरेर) दिने निर्णय गरेको छ ।
उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित भए पश्चात शेयरधनीहरुलाई वितरण गर्नेछ ।
बैंकिङ्ग क्षेत्रमा तरलतामा देखिएको चुनौतीपूर्ण अवस्थाको बावजुद पनि बैंकले आर्थिक वर्ष ०७५/०७६ मा प्रति शेयर आम्दानी र शेयर पुँजी तथा कोषमा प्रतिफल क्रमशः रु.३४.२२ र २२.७३% आर्जन गर्न सफल भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण