संवैधानिक आयोग रित्तै
ललितपुरको पुल्चोकस्थित श्रमहल हातामा आदिवासी जनजातीको कार्यालय स्थापना भएको ११ महिना पुगिसकेको छ । दुईतले भवनको भुँइतलामा अध्यक्षसहित पाँच सदस्यका निम्ति कार्यकक्ष तयार गरिएका छन् ।
पदाधिकारी र सदस्यका निम्ति पाँचवटा ‘फोर्ड’ गाडी गत असारमै किनीयो । कर्मचारी पनि छन् । आयोगका चालक धनबहादुर तामाङ प्रत्येक दिन कार्यालय आएर हरेक १५ मिनेट गाडी स्टार्ट गर्छन् । ‘यसो नगरे नयाँ गाडी खियाँ लाग्छ’ बुधबार कार्यालय हातमा भेटिएका उनले भने,‘जुनसुकै बेला पदाधिकारी नियुक्त भएर आउनुहुन्छ भन्न सुनिन्छ । दुई महिनाभन्दा बढी भइसक्यो ।’ तर अहिलेसम्म पदाधिरकारी नियुक्त भएका छैनन् ।
त्यसैगरी अन्य आयोगको पनि अवस्था उस्तै छ । मधेसी, थारु र मुस्लिम आयोगमा अध्यक्षमात्र नियुक्त भएका छन् । समावेशी आयोगमा अध्यक्ष र एक सदस्य नियुक्त गरिए पन अध्यक्षद्वारा राजीनामा गरिएको छ । यो समाचार कान्तिपुर दैनिकमा गणेश राईले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण