बेलायतका राजकुमार ह्यारी र मेगनले सेयर गरे नेपालको बालबालिकाको भिडियो
नेपालका बालबालिकाले एउटा सुन्दर भिडियोमार्फत् ड्युक एण्ड डचेज अफ ससेक्स ह्यारी र मेगनका लागि मेसेज दिएका छन् । उक्त भिडियोलाई उनीहरुले आफ्नो आधिकारिक इन्स्टाग्राममा सेयर गरेका छन् ।
ससेक्स रोयल नामको इन्स्टाग्राम अकाउन्टमा यो भिडियो बुधबार सेयर गरिएको हो ।
नेपालका बालबालिकालाई सशक्तिकरण गरिरहेको ब्लिङ्क नाउ फाउन्डेशनले आफ्नो संस्थाबारे जानकारी दिन उक्त भिडियो बनाएको हो ।
सातजनाको समूहमा भएका बालबालिकाले भिडियोको सुरुवातमा ह्यारी र मेगनलाई नमस्कार भन्छन् । त्यसपछि अंग्रेजीमा आफ्नो ब्लिङ्क नाउबारे जानकारी दिन्छन् ।
उक्त भिडियोमा ती बालबालिकाले निकै उत्साहित भएर भन्छन्, ‘नमस्कार मेगन र ह्यारी । तपाईंहरुले फोर्स फर चेन्ज अभियानका लागि ब्लिङ्क नाउलाई चयन गर्नुभएकोमा हामी निकै आभारी छौं । तपाईंको सहयोगको हामी कदर गर्छौं ।’
त्यसपछि ती बालबालिकाले आफ्नो संस्थाको यात्रा गराउँदै संस्थाले के–के गर्छ भनेर जानकारी दिन्छन् ।
उक्त भिडियोमा मेगन र ह्यारीले लेखेका छन्, ‘हामीले ब्लिङ्क नाउ नामको संस्थाबाट हिजोमात्रै यो मेसेज पाएका हौं । यो महिनाको थिम ‘फोर्सेज फर चेन्ज’का लागि तपाईंहरुले नै हामीलाई यो संस्था फलो गर्न सुझाउनु भएको हो । र मासिक थिमको अन्त्य हुनै लाग्दा हामीले नेपालको यो गज्जबको संस्थाले गरिरहेको काममाथि प्रकाश पार्न खोजेका छौं ।’
‘ब्लिङ्क नाउ संस्थाले आफ्नो वास्तविक अवधारणासहित आफ्नो यात्रा सुरु गरेको हो जसमा एक युवतीले एक बालिकालाई सानो सहयोग हुनसक्ला भनेर सहयोग गर्ने निर्णय गरिन् । आज ब्लिङ्क नाउ संस्थाले ४० बालबालिकाका लागि मायालु घर प्रदान गरिरहेको छ भने यो ३५० विद्यार्थीका लागि स्कूल बनेको छ । यस्तै आफ्ना विद्यार्थीमध्ये सबैभन्दा धेरै जोखिममा रहेका १० बालिकाका लागि सुरक्षित घर बनेको छ । यो संस्थाले भर्खरै एउटा नयाँ क्याम्पसको पनि निर्माण गरेको छ,’ उनीहरुले थपेका छन् ।
‘उनीहरुको उद्देश्य नेपालका बालबालिकालाई सशक्तिकरण गरेर संसारमा परिवर्तन ल्याउनु हो । उनीहरुले आफ्नो उद्देश्य पूर्तीका लागि गुणस्तरीय शिक्षा र सुरक्षित वातावरण प्रदान गरेर, अरुलाई प्रभावित पारेर र सबैभन्दा महत्वपूर्ण, समुदायलाई विश्वास गरेर अघि बढिरहेका छन् । संसारको कुनै पनि मानिस र समुदायलाई उचित उपकरण र आत्मबल दिइएको खण्डमा गरिबीबाट निकाल्न सकिने उनीहरुले विश्वास राखेका छन् ।’
यो वर्षको सुरुवातमा मेगन र ह्यारीले आफ्नो संयुक्त इन्स्टाग्राम सार्वजनिक गरेपछि प्रत्येक महिना भिन्न थिमलाई हाइलाइट गर्ने गर्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण