सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

दुई चिरा हुनबाट जोगियो राजपा

शुक्रबार, १३ भदौ २०७६, १२ : ५६
शुक्रबार, १३ भदौ २०७६

काठमाडौँ । राष्ट्रिय जनता पार्टी नेपालले राजनीतिक समितिको बैठक स्थगित गरेर अध्यक्षमण्डलको बैठक बोलाएको छ । शुक्रबार बबरमहलस्थित पार्टी कार्यालयमा २ बजे अध्यक्षमण्डलको बैठक बोलाएको पार्टीका सचिव सञ्जय यादवले बताए । उनले अध्यक्षमण्डलको बैठकपछि मात्र राजनीतिक समितिको बैठक बस्ने जानकारी दिए ।

समाजवादी पार्टीसँग एकीकरणलाई लिएर पार्टीमा विवाद भएपछि त्यसको समाधानका लागि अध्यक्षण्डलका संयोजक राजकिशोर यादवले राजनीतिक समितिको बैठक बोलाएका थिए । तर, आफूहरुसँग सल्लाहै नगरिकन बैठक बोलाएको भन्दै अध्यक्षमण्डलका सदस्यहरु राजेन्द्र महतो लगायतका नेताहरुले आपत्ति जनाएका थिए ।

पार्टी महासचिव केशव झाले सार्वजनिक रुपमै त्यसको विरोध गरेका थिए । उनले बैठक बहिष्कार गर्ने सम्मको चेतावनी दिएको थियो । उक्त अभिव्यक्तिले पार्टीमा झन् विवाद उत्पन्न भयो । पार्टीमा नयाँ समूह गठन गर्ने चेतवानीदेखि बैठक बहिष्कार गर्नेलाई कारवाही गर्नुपर्ने माग उठेको थियो ।

*****

‘अध्यक्षमण्डलका साथीहरु काठमाडौँमै हुन्छन् । तर पार्टीलाई असफल बनाउनका लागि बैठक बहिष्कार गर्छन्,’ उनको भनाइ उद्धृत गर्दै बैठकमा सहभागि एक नेताले भने, ‘यस्तो अवस्थामा राजनीतिक समितिको बैठक बोलाएर पार्टीका कार्यकर्ता तथा नेतालाई जानकारी दिनु मेरा दायित्व बन्छ ।’

*****

राजनीतिक समितिमा रहेका सदस्यहरुलाई मङ्गलबार नै बैठकबारे जानकारी गराइएको थियो । बैठकमा सहभागी हुनका लागि बिहीबार नै अधिकांश सदस्यहरु काठमाडौँ आइसकेका थिए ।

तर पार्टीको अवस्था नराम्रो देखेपछि अध्यक्षमण्डलका सदस्य महन्थ ठाकुरले विवाद समाधान गर्न विहीबार साँझ अध्यक्षमण्डलमा रहेका सदस्यहरुलाई आफ्नो निवासमा बोलाएका थिए ।

सो बैठकमा ठाकुरले यसरी विवाद समाधान नगरी बैठक बसे पार्टी दुई चिरा हुनेबारे सचेत गराउँदै पहिला अध्यक्षमण्डलको बैठक बसेर एजेण्डामा छलफल गरेर मात्र राजनीतिक समितिको बैठक बोलाउन सुझाव दिएका थिए ।

बैठकमा अध्यक्षमण्डलका संयोजक राजकिशोर यादवले महाधिवेशन लगायतका विषयमा छलफल गर्न आफूले बोलाएको अध्यक्षमण्डलको बैठकलाई काठमाडौमा हुँदा हुँदै बहिष्कार गरिएको भन्दै गुनासो गरेका थिए । अध्यक्षमण्डलको बैठक बस्ने अवस्था नदेखेर नै आफूले राजनीतिक समितिको बैठक बोलाएको स्पष्टिकरण उनले बैठकमा दिएका थिए ।

*****

राजेन्द्र महतोले आफूले अध्यक्षमण्डलको बैठक बहिष्कार नगरेको स्पष्टीकरण  दिँदै आफूलाई त्यहाँ आउँदाआउँदै ढिलो भएको बताएका थिए । ‘राजनीतिक समितिको बैठक बस्नुपर्छ । तर सबैलाई सहमतिमा लिएर बस्दा राम्रो हुन्छ,’ उनले सुझाव दिएका थिए ।

*****

‘अध्यक्षमण्डलका साथीहरु काठमाडौँमै हुन्छन् । तर पार्टीलाई असफल बनाउनका लागि बैठक बहिष्कार गर्छन्,’ उनको भनाइ उद्धृत गर्दै बैठकमा सहभागि एक नेताले भने, ‘यस्तो अवस्थामा राजनीतिक समितिको बैठक बोलाएर पार्टीका कार्यकर्ता तथा नेतालाई जानकारी दिनु मेरा दायित्व बन्छ ।’ संयोजक यादवले छाडा र अराजक तरिकाले पार्टी अब नचल्ने बताएका थिए ।

जवाफमा राजेन्द्र महतोले आफूले अध्यक्षमण्डलको बैठक बहिष्कार नगरेको स्पष्टीकरण  दिँदै आफूलाई त्यहाँ आउँदाआउँदै ढिलो भएको बताएका थिए । ‘राजनीतिक समितिको बैठक बस्नुपर्छ । तर सबैलाई सहमतिमा लिएर बस्दा राम्रो हुन्छ,’ उनले सुझाव दिएका थिए ।

अध्यक्षमण्डलको अनौपचारिक बैठकले राजनीतिक समितिको बैठक स्थगित गरेर अध्यक्षमण्डलको बैठक बस्ने र उक्त बैठकले राजनीतिक समितिको बैठकको मिति तय गर्ने सहमति भएको थियो । राजनीतिक समितिको बैठकमा भाग लिन आएका नेताहरुलाई पनि अध्यक्षमण्डलकै बैठकमा बोलाएर सल्लाह सुझाव लिने पनि सहमति भएको छ ।


ठाकुरको निवासमा बसेको बैठकमा समाजवादी पार्टीसँग एकीकरणको विषय पनि उठेको थियो । त्यहाँ पनि राजेन्द्र महतोले एकीकरणको विषयमा खासै प्रगति भएको नभएको र मिडियामा उपेन्द्र यादवले हल्ला गर्न लगाएको दावी गरेका थिए । मिडियाको हल्लाले नै एकीकरणले यति चर्चा पाएको महतोको निष्कर्ष थियो ।

आफ्नो विश्वास नलागे आजै उपेन्द्र यादवसँग छलफल गर्न महतोले प्रस्ताव गरेका थिए । बैठकबाटै उपेन्द्र यादवसँग छलफलका लागि समय लिइएको थियो । तर सो बैठकमा महन्थ ठाकुर, अनिल झा र राजकिशोर यादव जान तयार भएनन् ।

बैठकपछि महेन्द्र राय यादवले जवर्जस्ती राजकिशोर यादवलाई आफ्नो गाडीमा राखेर उपेन्द्र यादवको निवासमा लगेका थिए । त्यहाँ पार्टी एकीकरणको विषयमा छलफल भयो ।

‘दुई पार्टीबीच एकीकरण गर्ने कुराकानी भएको छ तर अन्य सैद्धान्तिक तथा मोडिलीटीको बारेमा केही छलफल भएको छैन । आगमी बैठकबाट छलफललाई अगाडि बढाउने छलफल भएको बैठकमा सहभागी एक नेताले बताए ।

त्यसका लागि राजपा नेपाल स्पष्ट रुपले अगाडि आउनुपर्ने उपेन्द्र यादवको शर्त रहेको स्रोतको दावी छ ।

यदि यस विषयमा उपेन्द्र यादवसँग छलफल गरेका नेताहरुसँग बुझ्दा उनीहरुले केही बताउन चाहेनन् । बैठकमा भएको छलफलको बारेमा मिडियामा कुनै कुरा नभन्ने सहमति पनि बैठकमा भएको कारणले कुनै नेता औपचारिक रुपमा बोल्न मानेका छैनन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप