पत्नी अरुसँग भगाउन सहयोग गराएको भन्दै आफन्तकै छोरा अपहरण
सिरहा – सिरहाको कर्जन्हा नगरपालीका २ बन्दिपुरबाट ३ दिनअघि अपहरणमा परेका ५ वर्षीय बालक विहीबार अपहरण मुक्त भएको छन् ।
आफन्तबाटै भदौ १० गते अपहरणमा परेका शिवम् यादवलाई प्रहरीले सर्लाहीको विष्णुपुर गाउँपालिका ५ बाट अपहरण मुक्त गराई शुक्रवार अपरान्ह सार्वजनिक गरेको
हो ।
श्रीमती अरुसँग भागाउन सहयोग गरेको भन्दै भारत विहार राज्य सितामढी जिल्ला बिलाकपुर ग्राम पञ्चायत वडा नम्बर ३ को सोनारटोल घर भई सिरहाको कर्जनहा नपा २ बन्दिपुरमा सँगै बस्दै आएका सोभित मुखियाले शिवमको अपहरण गरेको प्रहरीले जनाएको छ ।
मुखियाले आफनो पत्नी सुरेखादेवी मुखियाको फुफु सुकनीदेवी मुखिया यादवले अरुसँग भगाउन सहयोग गरेको भन्दै उनको छोराको अपहरण गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी उमा प्रसाद चतुरर्वेदीले जानकारी दिए ।
अपहरित बालक शिवमलाई मुखियाले धनुषा, महोत्तरी हुँदै भारत पुर्याएर ठाउँ फेर्दै भारतीय सीमामा पर्ने सर्लाहीको विष्णुपुर गाउँपालिका ५ मा ल्याएपछि प्रहरीले बालकलाई अपहरण मुक्त गराएका हुन् ।
त्यहाँबाट सिरहा प्रहरीले बिहिबार बालकसहित मुखियालाई पक्राउ गरेका छन् । आफ्नी पत्नी खोजेर ल्याइदिएमात्रै छोरा फिर्ता दिने भन्दै मुखियाले बालकलाई ठाउँ फेरी फेरी आफन्तलाई फोन गरेका थिए ।
त्यही फोन लोकेशनको आधारमा प्रहरीले बालकलाई अपहरण मुक्त गराएको जनाए । गत माघमा प्रेम विवाह गरेका मुखिया श्रीमतीसहित कर्जन्हा नगरपालि २ बन्दिपुरमा बस्दै आएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्त क्यान्सरपीडित नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण