पत्नी अरुसँग भगाउन सहयोग गराएको भन्दै आफन्तकै छोरा अपहरण

सिरहा – सिरहाको कर्जन्हा नगरपालीका २ बन्दिपुरबाट ३ दिनअघि अपहरणमा परेका ५ वर्षीय बालक विहीबार अपहरण मुक्त भएको छन् ।
आफन्तबाटै भदौ १० गते अपहरणमा परेका शिवम् यादवलाई प्रहरीले सर्लाहीको विष्णुपुर गाउँपालिका ५ बाट अपहरण मुक्त गराई शुक्रवार अपरान्ह सार्वजनिक गरेको
हो ।
श्रीमती अरुसँग भागाउन सहयोग गरेको भन्दै भारत विहार राज्य सितामढी जिल्ला बिलाकपुर ग्राम पञ्चायत वडा नम्बर ३ को सोनारटोल घर भई सिरहाको कर्जनहा नपा २ बन्दिपुरमा सँगै बस्दै आएका सोभित मुखियाले शिवमको अपहरण गरेको प्रहरीले जनाएको छ ।
मुखियाले आफनो पत्नी सुरेखादेवी मुखियाको फुफु सुकनीदेवी मुखिया यादवले अरुसँग भगाउन सहयोग गरेको भन्दै उनको छोराको अपहरण गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी उमा प्रसाद चतुरर्वेदीले जानकारी दिए ।
अपहरित बालक शिवमलाई मुखियाले धनुषा, महोत्तरी हुँदै भारत पुर्याएर ठाउँ फेर्दै भारतीय सीमामा पर्ने सर्लाहीको विष्णुपुर गाउँपालिका ५ मा ल्याएपछि प्रहरीले बालकलाई अपहरण मुक्त गराएका हुन् ।
त्यहाँबाट सिरहा प्रहरीले बिहिबार बालकसहित मुखियालाई पक्राउ गरेका छन् । आफ्नी पत्नी खोजेर ल्याइदिएमात्रै छोरा फिर्ता दिने भन्दै मुखियाले बालकलाई ठाउँ फेरी फेरी आफन्तलाई फोन गरेका थिए ।
त्यही फोन लोकेशनको आधारमा प्रहरीले बालकलाई अपहरण मुक्त गराएको जनाए । गत माघमा प्रेम विवाह गरेका मुखिया श्रीमतीसहित कर्जन्हा नगरपालि २ बन्दिपुरमा बस्दै आएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलविद्युत् आयोजनाका कारण तातोपानी कुण्ड सङ्कटमा
-
पश्चिम नवलपरासीमा श्रावणी महामहोत्सवको तयारी सुरु
-
ज्योति भण्डारीलाई प्रहरीले कम्बोडियाबाट ल्यायो काठमाडौँ
-
१० बजे १० समाचार : अदालतबाट राजुलाई राहत, कुलिङ पिरियडले किचलो
-
११ महिनामा बागमती सरकारको बजेट कार्यान्वयन ५० प्रतिशत पनि पुगेन
-
विपद् व्यवस्थापनमा खटिन नेविसंघको निर्देशन