सात गोलको थ्रिलरमा युभेन्टस विजयी
आइतबार, १५ भदौ २०७६, ०८ : १९
साबिक विजेता युभेन्टसले इटालियन लिगमा नापोली विरुद्ध ४–३ को रोमाञ्चक जीत हासिल गरेको छ । इन्जुरी समयमा कालिडो कोउलीबेलीले आत्मघाती गोल गर्दा युभेन्टस विजयी भएको हो ।
योसँगै नापोलीले ३ गोलले पछि परेको स्थिति उल्टाएको खेर गएको छ ।
डिफेन्डिङ च्याम्पियन युभेन्टसले ड्यानिलो, गोन्जालो हिग्वाइन र क्रिस्टियानो रोनाल्डोको गोलको मद्दतले खेलमा ३–० को अग्रता लिएको थियो ।
तर, १५ मिनेटको अन्तरालमा नापोलीका लागि कोस्टास मानोलास, हर्भिङ लोजानो र जियोभानी डि लोरेन्जोले गोल गर्दै खेल बराबरीमा ल्याए ।
तर, इन्जुरी समयमा आत्मघाती गोलले नापोलीले अंक बटुल्न सकेन ।
जीतपछि युभेन्टसले शतप्रतिशत नतिजा निकाल्दै लिगको शीर्ष स्थानमा उक्लेको छ । नापोली आठौँ स्थानमा सिमित बनेको छ ।
अर्को खेलमा एसी मिलानले ब्रेसिया १–० गोलले पराजित गर्यो । मिलान लिगको दशौँ स्थानमा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसीसी महिला प्रिमियर कप : भुटानलाई सजिलै हरायो नेपालले
-
निन्दा नदी किनारमा बाढी नियन्त्रण गर्न चार हजार बाँसका बिरुवा रोपियो
-
ताइवान भ्रमणको कारण चार न्यूजिल्यान्ड सांसदमाथि चीनको यात्रा प्रतिबन्ध
-
बजेटको मुखमा आयोगकी सदस्य लामिछानेले दिइन् राजीनामा
-
पहाडमा मेघगर्जनसहित वर्षा, तराईमा तापक्रम ४२ डिग्रीसम्म पुग्ने
-
जातीय भेदभावविरुद्धको दिवस उत्सव नभई प्रतिबद्धता बन्नुपर्छ : आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण