टाइगर श्रोफबारे दिदी कृष्णाले भनिन्, ‘ऊ अहिले शत प्रतिशत सिंगल छ, म झुटो बोलिरहेको छैन’
टाइगर श्रोफको नाम दिशा पाटनीसँग जोडिन्छ । यी दुईलाई धेरैजसो डिनर र मुभीका लागि सँगै गएको देख्न सकिन्छ । तर अहिलेसम्म यी दुईमध्ये कसैले पनि सम्बन्ध स्विकारेका छैनन् । अब टाइगरकी दिदी कृष्णा श्रोफले उनलाई शत प्रतिशत सिंगल बताएका छन् । कृष्णा ‘नथिंग टु हाइड’ नामको एक च्याट शोमा कुरा गरिरहेकी थिइन् ।
दिशा–आदित्य सँगै भएको हेर्न चाहन्छिन् कृष्णाः
कृष्णाले कुराकानीकै क्रममा दिशा पाटनी र आदित्य रोय कपुरलाई जोडीको रुपमा हेर्न चाहेको बताइन् । आफूले साँचो बोलेको भन्दै उनले भनिन्, ‘तपाईंलाई थाहा नै छ, म कहिले पनि झुटो बोल्दिनँ र हरेक कुराको एकदम स्पष्ट विचार राख्छु । टाइगर शत प्रतिशत सिंगल छन् । ’
हालै इन्स्टाग्रामको प्रश्नोत्तर सेशनमा जब एक सोशल मिडिया प्रयोगकर्ताले के उनी दिशा पाटनीलाई डेट गरिरहेका छन् भनेर सोधे, तब उनले भनेका थिए, ‘मेरो औकात छैन ।’ योसँगै उनले बाँदरको इमोजी पनि बनाएका थिए ।
जब दिशाले दिइन् रमाइलो प्रतिक्रियाः
केही समय अघि दिशाले पनि डेटिङको प्रश्नमा प्रतिक्रिया दिइसकेकी छिन् । उनलाई एक सोसल मिडिया प्रयोगकर्ताले उनलाई टाइगरसँगको आफ्नो सम्बन्धलाई किन स्विकारिरहेकी छैनन् भनेर सोध्दा दिशाले लेखेकी थिइन्, ‘म लामो समयदेखि कोसिस गरिरहेकी छु । धेरै वर्षदेखि उनलाई प्रभावित पार्ने कोसिस गरिरहेकी छु । मैले फिल्म ‘भारत’ मा अभिनय गरेँ जसमा स्टन्ट पनि गरेँ । सोचेकी थिएँ कि सायद ऊ प्रभावित होला । तर दुर्भाग्य । हो, हामी सँगै खाना खान गएका थियौं तर यसको अर्थ यो होइन कि ऊ मबाट प्रभावित भएका छन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण