यामाहा महा–एक्सेञ्ज मेला
काठमाडौं– यस वर्ष नेपालको अटो उद्योगमा अझ बढी उत्साह थपिएको छ । यामाहा महा–एक्सेञ्ज मेलामा नाडाको उत्साह महसुस हुनेछ । यो एक्सेञ्ज मेलाको उद्घाटन हिमाँसु सान् र यामाहा मिस नेपाल अनुष्का श्रेष्ठले संयुक्त रुपमा गरेकी छिन् ।
मोरङ अटो वक्र्सले रणनीतिक रुपमा यसलाई फेरि दोहो¥याएको छ, यामाहाको नयाँ मोडलहरुमा अधिक मात्रामा आकर्षण देखिएको छ । मोरङ अटो वक्र्सले हालैमात्र यामाहा एफजेड भि३ र एमटि १५ लाई प्रस्तुत गरेको छ । यी दुवै बाइकहरुमा परिष्कृत एबिएस र यामाहाको आफ्नै प्रमाणित प्रविधि एफआइ रहेका छन् ।
यो एक्सेञ्ज उत्सवको आकर्षण नै ग्राहकहरुले कुनै पनि ब्राण्डको पुरानो मोटरसाइकल तथा स्कूटर दिएर बजार मुल्याँकनको सबैभन्दा उच्च २० हजार अतिरिक्त ग्यारेन्टी मुल्यका साथ नयाँ ब्राण्डको यामाहामा आफ्नो स्तरोन्नति गर्न पाउनु हो ।
६ दिनसम्म चल्ने यो उपभोक्ता लक्षित पहल यही १४ भाद्रदेखि १९ भाद्रसम्म राष्ट्रिय सभा गृह भवन काठमाडौंमा आयोजना हुँदैछ, जहाँ ग्राहकहरुलाई आश्चर्यचकित बनाउने कारोबार उपलब्ध हुनेछ १ लाखसम्मको नगद छुट, सामग्रीहरु सित्तैंमा, स्थलगत फाइनान्स सुविधा र टेष्ट राइडमा आकर्षक उपहारहरु रहेका छन् ।
महा–एक्सचेञ्ज मेलामा सेलिब्रेटी वाक–इन्, लाइसेन्स ट्रायल सित्तैंमा, टेष्ट राइड, हाँक्ने प्रतिस्पर्धाहरु, डोर प्राइज र फूड स्टलहरु पनि विशेष आकर्षण रहेका छन् । एक्सचेञ्ज कारोबारका अलावा महा–एक्सचेञ्ज मेलामा आउने ग्राहकहरुले सबै ब्राण्डका मोटरसाइकलहरुका लागि अन्य निशुल्क सुविधाहरु जस्तैः सित्तैंमा बाइक धुने, निशुल्क परीक्षण क्याम्प सेवा पनि प्राप्त गर्नु हुनेछ ।
अब नयाँ बाइक र दशैं अफरको साथमा यो एक्सेञ्जले बाइकका शौखीनहरुलाई प्रमाणित यामाहा प्रविधिको उत्कृष्ट मोडलमा आफ्नो स्तरोन्नति गर्न एक मञ्च प्रदान गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिनियाँ राष्ट्रपति सी उत्तर कोरिया भ्रमणमा जाँदै
-
‘राजनीतिक हस्तक्षेप नरोके एक दशकमै मरुभूमि बन्छ तराई’
-
राम चरणको बहुप्रतिक्षित फिल्म ‘पेद्दी’ को ओपनिङ कस्तो ?
-
रङ्गमञ्चमा फिल्म स्टारको लर्काे : अभिनयको तिर्खा कि नयाँ अवसरको खोजी ?
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण