मिडिया काउन्सिल विधेयकमाथि काँग्रेसद्वारा संशोधान प्रस्ताव दर्ता
काठमाडौं – सरकारले राष्ट्रिय सभामा प्रस्तुत गरको नेपाल मिडिया काउन्सिल विधेयकमाथि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले संशोधन प्रस्ताव पेश गरेको छ । काँग्रेसबाट राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने ४ जना सांसदले राष्ट्रिय सभा नियमावलीको नियम १०६ बमोजिम सो प्रस्ताव पेश गरेको हुन् ।
सांसदहरु सरिता प्रसाई, जितेन्द्रनारायण देव, धनकुमारी खतिवाडा, अनिता देवकोटा र प्रकाश पन्तद्वारा हस्ताक्षरित संशोधन प्रस्तावमा २९ वटा बुँदा सच्याउन सुझाइएको छ ।
मिडिया विधेयकमा रहेको ‘स्वस्थ, स्वतन्त्र, मर्यादित...बनाएको छ भन्ने वाक्याशंको सट्टा ‘स्वस्थ, स्वच्छ र स्वतन्त्र पत्रकारिताको विकास, संरक्षण तथा पत्रकारितामा स्वनियमको सम्बद्र्धनका लागि एक स्वतन्त्र स्वायत्त नियामक निकायको रुपमा प्रेस काउन्सिलको स्थापना गर्न प्रचलित कानूनलाई संशोधन र एकीकरण गर्न बान्छनीय हुने काँग्रेसका ठहर छ ।
यस्तै ‘पच्चिस हजार रुपैंयाँदेखि दश लाख रुपैयाँसम्म जरिवाना’ भन्ने वाक्यांशको सट्टा ‘सार्वजनिक रुपमा क्षमा याचना गर्न लगाउने तथा कालोसूचीमा राखी नाम सार्वजनिक गर्ने’ भन्ने वाक्यांश राख्न काँग्रेसले सुझाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण