ज्ञानेन्द्र थाइल्यान्डमा हुँदा पारस पुगे कुमारी कहाँ आशीर्वाद लिन
काठमाडौँ । शाहवंशीय परम्परालाई निरन्तरता दिँदै पूर्वयुवराज पारस शाहले कुमारीको टीका आशीर्वाद ग्रहण गरेका छन् ।
राजपरिवारले कुमारी पुज्ने इतिहास निरन्तर राख्न पारस आइतबार बसन्तपुर पुगेका हुन् ।
२६२ वर्ष अघि, आजकै दिन, कुमारी घर रहेकै स्थानमा, राजा जयप्रकाश मल्लले कुमारी स्थापना गरेर देवी पुज्ने कार्य स्थापना गरेका थिए । यसो गर्दा मल्ल राजा जयप्रकाशको शासन १२ वर्ष चल्छ भन्ने वाणी अनुसार राजपरिवारबाट कुमारी पुज्ने प्रथा आरम्भ भएको हो ।
नेपाल एकीकरणको क्रममा पृथ्वीनारायण शाहले काठमाडौँ विजय गरेपछि, कुमारीबाट टीका थापेर शासनको थालनी गरेका थिए । मल्ल कालमा आरम्भ भएको परम्परा शाह वंशबाट पनि यसरी निरन्तर राखिएको इतिहास छ ।
पारसको आगमनसँगै समर्थकहरुले युवराजाधिराज पारस जिन्दावाद, राजसंस्था जिन्दावाद, हाम्रो राजा हाम्रो देश, प्राणभन्दा प्यारो छ, मेचीकाली हल्ला छ, राजा ल्याउने सल्लाह छ भनेर नारावाजी गरेका थिए ।
सोही अवसरमा पारसले बसन्तपुरस्थित तलेजु भवानी, गणेश, गोरखनाथ र भैरवहरुको मन्दिरमा समेत पूजा अर्चना गरेका थिए । पारस पैदल हिँड्दै गर्दा प्रशंसकहरुको भीडले उनलाई घेरेको थियो, पछ्याएको थियो ।
पूजाको क्रममा स्थानीय गुठियार, नेवार समुदाय र युवाहरुको उल्लेख्य उपस्थिति थियो । बसन्तपुर डबलीमा पारसले दुई घण्टाभन्दा अधिक समय बिताएका थिए ।
पूर्वराजा ज्ञानेन्द्र शाह भने अहिले थाइल्याण्ड भ्रमणको सिलसिलामा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमा सुधनको ‘कमब्याक’ भण्डारीको प्रतिवेदनमा निर्भर !
-
एथलेटिक्समा बागमतीलाई सर्वाधिक स्वर्ण, तीन जुनियर राष्ट्रिय कीर्तिमान कायम
-
अमेरिकी सिनेटले सीमा गस्तीका लागि छुट्ट्यायो ७० अर्ब डलरको अतिरिक्त बजेट
-
४४ जना प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान
-
लोकतन्त्र, समाजवाद र नेपालको भविष्य
-
करातेमा कोशी प्रदेशको दबदबा, ३ स्वर्णसहित बन्यो च्याम्पियन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण