संसदको गाडी खरिदमा अनियमितता प्रकरणः संसदीय समितिले निकाल्यो यस्तो निष्कर्ष
काठमाडौँ। खरिद प्रक्रिया मिलेको तर उपलब्ध गराइएका गाडीका केही पार्टस्मा त्रुटि रहेको निष्कर्षसहित गाडी खरिदका विषयमा छानबिन गर्न गठित संसदीय समितिले प्रतिवेदन तयार पारेको छ ।
समितिले मङ्गलबार सभामुख कृष्णबहादुर महरालाई प्रतिवेदन बुझाउने तयारी गरेको छ । समितिले धेरै विषय कार्यान्वयनको स्वविवेकीय अधिकार सभामुखलाई नै दिनेगरी प्रतिवेदन तयार पारेको छ ।
समितिले सार्वजनिक खरिदको प्रक्रिया तथा प्राविधिक विषयमा अध्ययन गरेपछि प्रतिवेदन तयार पारेको हो । ‘‘हामीले प्रतिवेदन तयार पारेका छौँ । खरिद प्रक्रियाका सबै कागजात मिलेकै छन् । केही गाडीका पार्टस् एसेम्बल गर्दा त्रुटि भएको छ । गाडी उत्पादनपछिको परीक्षण प्रमाणपत्र भने सन् २०१७ को मात्र पेस भएको छ । यो विषय निकै प्राविधिक पनि छ,” छानबिन समितिका एक सदस्यले भने ।
समितिले बिक्रेताबाट उक्त प्रमाणपत्रलाई ताकेता गरे पनि दुई वर्षअघिकै प्रमाणपत्र आधिकारिक भएको जवाफ दिएको छ । त्रुटि भएका पार्टस् परिवर्तन हुनुपर्ने सुझाव पनि समितिले दिएको छ । कुनै पनि ठोस निष्कर्ष समितिले निकाल्न सकेन ।
सङ्घीय संसदका सभापतिहरूका लागि खरिद गरिएका गाडीमा समस्या आएको गुनासो सभापतिबाटै भएपछि सभामुख कृष्णबहादुर महराले पाँच सदस्यीय छानबिन समिति गठन गरेका थिए । गोरखापत्रले खबर छापेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण