गेस्ट हाउसको तेस्रो तलाबाट फाल्ने पक्राउ
मङ्गलबार, १७ भदौ २०७६, २२ : ०४
काठमाडौं- नेपाल प्रहरीले कलङ्कीको नारायणी गेस्ट हाउसको तेस्रो तलाबाट सोनाम सुनारलाई फाल्ने तीनजनालाई पक्राउ गरेको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले सोमबार राति अर्डर गरेको खाना सुनारले पु¥याउन जाँदा खानाको विषयलाई लिएर फाल्ने मकवानपुरका वाइबा लामा, गुल्मीका सविन अर्याल र रामेछापका निशान धमलालाई आज दिउँसो पक्राउ गरेको हो ।
परिसरका प्रवक्ता होविन्द्र बोगटीले खानाकोे विषयमा लिएर झगडा गर्दा सुनारलाई फालेर फरार रहेका पाँचमध्ये तीन जनालाई पक्राउ गरिएको जानकारी दिए । फरार दुई जनाको खोजी भइरहेको बोगटीले बताए । गम्भीर घाइते सुनारको उपचारका लागि शहीद मेमोरियल अस्पतालमा उपचारका लागि लगिएकामा त्यहाँ उपचार हुन नसकेपछि ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण