बुधबार, ०९ जेठ २०८१
ताजा लोकप्रिय

अमेरिका–चीन सम्झौता ट्रम्पको दोस्रो कार्यकालमा ‘अझ बढी कठिन’ बन्ने

मङ्गलबार, १७ भदौ २०७६, २२ : ४३
मङ्गलबार, १७ भदौ २०७६

वासिङ्टन-बेइजिङलाई व्यापार वार्तामा ‘खुट्टा नलतार्न’ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार  आग्रह गरेका छन् ।

उनले आगामी नेतृत्वसँग सम्झौता सहज हुने चीनको आशालाई अमेरिकी निर्वाचनले जवाफ दिने बताए । 

उनको दावीे आफू दोस्रो पटक पनि निर्वाचित हुने र दोस्रो कार्यकालमा व्यापार सम्झौता अझ जटिल बन्ने बताए । 

मलाई थाहा छ उनीहरू नयाँ प्रशासनसँग सहमति गर्न चाहन्छन् । रोजगारी तथा कम्पनीहरूको क्षेत्रमा १६ महिनाभन्दा बढीको समय भनेको लामो अवधि हो जसले अर्थतन्त्रमा व्यापक प्रभाव पार्छ, ट्रम्पले सामाजिक सञ्जाल ट्वीटरमार्फत् सम्प्रेषण गरेको सन्देशमा उल्लेख छ । 

“त्यसपछि चीनको आशा के हुनेछ जब मैले निर्वाचन जितेर दोस्रो कार्यकालका लागि योग्य बन्नेछु । सम्झौता थप कठीन बन्नेछ ।” एएफपी
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप