डडेल्धुरामा स्क्रब टाइफसका २७ बिरामी भेटिए
डडेल्धुरामा २७ स्क्रब टाइफसका बिरामी भेटिएका छन् । एक सय २८ शङ्कास्पद बिरामीलाई जाँच गर्दा २७ मा स्क्रब टाइफस फेला परेको डडेल्धुरा अस्पतालका ल्याब इन्जार्ज ईश्वरीप्रसाद भुषाल जानकारी दिए ।
दश दिनको अवधिमा अस्पताल पुगेका १२८ ज्वरोका बिरामीलाई जाँच गर्दा स्क्रब टाइफसबाट २७ सङ्क्रमित भेटिएका हुन् । अस्पताल आउने सुदूरपश्चिम प्रदेशका डडेल्धुरासहित बैतडी, दार्चुला, बझाङ र डोटीका बिरामीसमेत आउने गरेकाले डडेल्धुरा जिल्लाका मात्रै नभएर अन्य जिल्लाका पनि रहेका ल्याब इन्चार्ज भुषालले बताए ।
आर्थिक वर्ष २०७५/७६ मा जिल्लाको अजयमेरु गाउँपालिकामा पहिलोपटक देखापरेको स्क्रब टाइफसको सङ्क्रमणका कारण दुई जनाको ज्यान गएको थियो । जिल्लामा पनि स्क्रब टाइफसको सङ्क्रमण देखा पर्न थालेको छ । प्रदेशका पहाडी जिल्लामा गत वर्ष ४१ दिनको अवधिमा १३० लाई जाँच गर्दा ५० जनामा स्क्रब टाइफसको सङ्क्रमण देखापरेको अस्पतालको तथ्याङ्क छ ।
पछिल्लो समय किटजन्य रोगको महामारी पहाडी जिल्लामा फैलिँदै गएको तथ्याङ्कमा देखिन्छ । स्क्रब टाइफस लागेमा बिरामीलाई समान्यतय ज्वरो आउने, मांशपेशी दुख्ने, अत्यधिक टाउको दुख्ने, पसिना आउने, खोकी लाग्नेजस्ता लक्षण देखापर्ने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट जितेन्द्र कँडेलले बताए ।
स्क्रब टाइफसको प्रमुख लक्षण छालामा घाउ देखिने भए पनि सो अस्पतालमा बढी जसो टाउको दुख्ने, आँखाको नानी दुख्ने, सुक्खा खोकी लाग्ने, ज्वरो आउने लक्षणका बिरामी आउने गरेका मेडिकल सुपरिटेन्डेन्ट कँडेल बताउनुभयो । व्यक्तिगत स्वास्थ्यमा ध्यान नदिदाँ यो रोगको सङ्क्रमण बढ्ने भएकाले पूरै शरीर ढाक्ने गरी लुगा लगाउने, खुला ठाउँमा शौच नगर्ने र शंका लागेमा नजिकको स्वास्थ्य संस्थामा गई चिकित्सकसँग परामर्श लिन उनले सुझाव दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेशमा प्रमुख ३ दल मिलेर सरकार बनाउन नहुने कांग्रेसको बटमलाइन
-
चौतर्फी विरोधपछि ३ प्रतिशत स्वास्थ्य र शिक्षा समता शुल्कबाट पछि हट्यो सरकार
-
जसपा नेपालले बोलायो पुरानो केन्द्रीय समिति बैठक, आफ्नो छुट्टै कार्यक्रम जारी राख्ने
-
गुणस्तरीय तयारी पोसाक उद्योगको विकास र प्रवर्द्धनमा सरकारकाे जोड
-
जलस्रोत र नवीकरणीय ऊर्जा विधेयकमा रैथाने ज्ञान र स्थानीय अधिकारलाई प्राथमिकता : मन्त्री श्रेष्ठ
-
विदेशी राजदूतहरूसँग एक्लाएक्लै भेट गर्ने बालेनको तयारी, समयतालिका तयार हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण