के नेपालले पाकिस्तानलाई झट्का दिएकै हो त ?
काठमाडौँ– भारत पाकिस्तानबीच कश्मीर विवादबारे नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सो मामिला भारतको आन्तरिक विषय भएको बताएका छन् । हिन्द महासागर सम्मेलनमा सहभागी हुन माल्दिभ्स पुगेका परराष्ट्रमन्त्री ज्ञवालीले मङ्गलबार माल्दिभ्सको राजधानी मालेमा सञ्चारकर्मीले सोधेको एक प्रश्नको जवाफमा यस्तो प्रतिकृया दिएका हुन् ।
भारतले कश्मीरबारे उठाइएको पछिल्लो कदम भारतको आन्तरिक मामिला बताउँदै आएको थियो । ज्ञवालीले सोही तर्कको पक्षमा प्रतिक्रिया दिएको अर्थमा ज्ञवालीको माथिको जवाफलाई अति महत्त्वका साथ भारतीय सञ्चारमाध्यमहरुले समाचार बनाइरहेका छन् । कतिसम्म भने कतिपय सञ्चारमाध्यमले त यसलाई ‘नेपालले पाकिस्तानलाई झट्का दिएको’ भनेर समेत अर्थ लगाएका छन् ।
भारतको समाचार एजेन्सी एएनआईसँग बोल्दै उनले कश्मीरलाई विशेष दर्जा दिँदै आएको भारतीय संविधानको धारामा परिवर्तन पूर्णत सो भारत सरकारको क्षेत्राधिकार पर्ने भएकाले नेपालले त्यसमा बोल्न आवाश्यक नभएको बताएका थिए । ‘त्यसैले त्यस निर्णयमा हाम्रो कुनै टिप्प्णी छैन,’ ज्ञवालीले एएनआईसँगको कुराकानीमा भनेका छन् ।
ज्ञवालीले थप भनेका छन्, ‘सार्कको अध्यक्ष राष्ट्रको हिसाबमा हामी सार्कका सबैलाई विवाद सम्वादमार्फत समाधान गर्न आग्रह गर्छौँ । तनावलाई बढाएर समस्या समाधान हुदैंन । युद्ध सबैभन्दा खराब विकल्प हो । सम्भवतः हरेक राष्ट्र यसलाई पन्छाउन चाहन्छन् । सम्बद्ध पक्षबीच सम्वाद सुरु हुनेछ र शान्ति स्थापनालाई सहयोग पुग्नेछ भन्ने हाम्रो आशा छ । यसले मात्र यो क्षेत्रमा स्थिरता ल्याउनेछ ।’
कश्मीरबारे भारतको कदमपछि आफूहरुको मुख्य चासो त्यस क्षेत्रमा रहेका नेपालीहरुको सुरक्षाका विषयमा रहेको पनि ज्ञवालीले बताए । ‘नेपालीहरुले कुनै समस्या भोगेका छैनन् भन्ने कुराले हामी खुसी छौँ । यस विषयमा हामी भारत सरकारसँग नजिक रहेर समन्वय गरिरहेका छौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दाइजो प्रथा अन्त्यका लागि मधेसबाट राष्ट्रिय अभियान सुरु गर्ने तयारी
-
अमेरिका नयाँ शुल्क घोषणा गर्ने तयारीमा
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण