कुवेतसँग नेपालको अग्नी परीक्षा
काठमाडौं – सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकपअन्तर्गत एसियाली राष्ट्रबीचको दोस्रो चरणको छनोट खेलमा नेपालले बिहीबार कुवेतसँग खेल्दैछ ।
नेपालले तुनात्मक रुपमा बलियो टोली कुवेतलाई रोक्ने योजना बनाएको प्रशिक्षक योहान कालिनने बताएका छन् । ‘कुवेत बलियो टोली हो । नेपालले पनि राम्रो तयारी गरेर आएको छ । हामी उत्कृष्ट खेल खेल्ने प्रयास गर्नेछौं,’ बुधबार आयोजित पत्रकार सम्मेलनमा कालिनले भने । कुवेतसँगको खेलमा नेपालको कप्तानी किरण चेम्जोङले गर्नेछन् ।
यसैगरी कुवेतका प्रशिक्षक रोमियो जोज्याकले आफ्नो टोलीले विश्वकपमा छनोट हुने योजनाका साथ लामो तयारी गरेको बताए । ‘हामीले नेपालसँगको खेललाई मात्र हेरेका छैनौं । छनोटका सबै खेल जित्ने कुवेतको लक्ष्य हो । नेपालसँगको खेल प्रतिस्पर्धात्मक हुनेछ,’ जोज्याकले भने ।
फिफा वरियतामा समेत कुवेत नेपालभन्दा १० स्थान माथि छ । पछिल्लो बरियतामा कुवेत एक सय ५६ औं र नेपाल एक सय ६६ औं स्थानमा छ । यसअघि भएका खेलमा पनि नेपालले कुवेतलाई हराउन सकेको छैन । त्यसैले पनि नेपालका लागि बिहीबारको खेल अग्नी परीक्षा हुनेछ ।
नेपाल र कुवेत यसअघि ६ पटक भिडेका थिए । जसमा कुवेत पाँच खेलमा विजयी भएको छ । एक खेल बराबरीमा सकिएको थियो । दुई टोलीबीच सात महिनाअघि मैत्रीपूर्ण खेल भएको थियो । उक्त खेल कुवेतले १–० गोलले जितेको थियो ।
विश्वकप छनोटमा नेपाल समूह ‘बी’ छ । यस समूहमा अस्ट्रेलिया, जोर्डन, कुवेत र चाइनिज ताइपेई रहेका छन् । होम एन्ड अवेका आधारमा खेलिने छनोट खेलमा नेपालले कुवेतसँग दोस्रो खेल नोभेम्बर १९ तारिख घरेलु मैदानमा खेल्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परम्परागत नेतृत्वको ‘कम्फर्ट जोन’ र पुराना मानक बदल्न विज्ञहरूको जोड
-
यी ६ सहकारीलाई कार्यालय खाली गर्न महानगरको १५ दिने म्याद
-
कंगोमा विद्रोहीको आक्रमणमा ३० जनाभन्दा बढीको मृत्यु, इबोला नियन्त्रण अभियान प्रभावित
-
विपद्ले निम्त्याउँदैछ अर्बौंको क्षति, तर पूर्वतयारीमा सरकारको बेवास्ता
-
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सदस्य स्वार्थ बाझिने बैठकमा सहभागी हुन नपाउने
-
एमालेको २ दिने कार्यशाला : ओलीले उद्घाटन गरे, शंकरले गर्दैछन् समापन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण