११ वर्षीय बालकद्धारा आत्महत्या
गुल्मी – दिनभर बारीमा मकै भाँच्ने काम गरेका गुल्मीका ११ वर्षीय एक बालक बुधवार साँझ घरभित्र झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।
जिल्लाको चन्द्रकोट गाउँपालिका– ८ तुराङ्ग पिपलपाटाका ११ वर्षीय विपिन रजाली घरकै तलामा झुण्डिएको र पछि सास छँदै परिवारजनले थाह पाई चुङ्गीको पासो फुकाई उपचारका लागि लैजान खोजको बेला उनको मृत्यु भएको वडाका वडाध्यक्ष नन्दराम आर्यालले जानकारी दिए ।
विहान वहिनीसँग छिमिकेको घरमा टेलिभिजन हेर्न गइ फर्केपछि बाबु र दाजुसँग बारीमा मकै भाँच्न गएको परिवारले बताए ।
वडाध्यक्ष अर्याले भने, ‘साँझपख बारीबाट घर आइभित्र पसेको र ढोका लागाई झुण्डिएको उनकी ८ वर्षीया वहिनीले देखेर बाबुलाई खबर गरेपछि बाबु आइ ढोका फोडेर चुङ्गीको पासो फुकाई मलाई खबर गरेका थिए । त्यस बेला उनको सास थियो भन्ने सुनिन्छ , केहि वेरपछि मृत्यु भए छ ।’
उक्त खबर थाह पाउन साथ अहिले प्रहरीको टोली त्यस तर्फ पठाइएको जिल्ला प्रहरी प्रमुख एसपी दिपककुमार बस्नेते बताए । उनकी आमा मिना रजाली दुई वर्षदेखि बैदेशिक रोजगारका लागि सउदी अरवमा रहेको वडाध्यक्षले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण