पोखरामा चलचित्र पत्रकारिता कार्यशाला सुरु

काठमाडौं –चलचित्र पत्रकार संघ, नेपालको आयोजनामा बुधबारबाट पोखरमा तीन दिने ‘चलचित्र पत्रकारिता कार्यशाला’ सुरु भएको छ ।
नेपाल पर्यटन बोर्डको सभा हलमा आयोजित कार्यशालाको उद्घाटन गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्साल, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य रामकृष्ण ज्ञवाली र नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठ लगायतले गरेका थिए ।
शुक्रबारसम्म चल्ने कार्यशाला चलचित्र पत्रकार संघले पोखरा शाखा र चलचित्र विकास बोर्डको सहकार्यमा आयोजना गरेको हो ।
कार्यक्रममा मन्त्री विकास लम्सालले ‘पर्यटन वर्ष २०२०’लाई ‘चलचित्र पत्रकारिता कार्यशाला’ले सहायक भूमिका खेल्नेमा विश्वास व्यक्त गरे ।
फिल्म मार्फत देशको पर्यटन प्रवद्र्धनमा निकै ठूला भूमिका रहेको उल्लेख गर्दै उनले भने, ‘पर्यटनलाई टेवा पुर्याउनका लागि यस्ता कार्यशाला तथा गोष्ठीहरुको निकै ठूलो भूमिका रहेको बताए ।
कार्यशालाका लागि राजधानीबाट ८० जना र चितवन , हेटौडा लगायत साखाबाट १० बढी पत्रकारहरु पोखरामा पुगेका हुन् ।
कार्यशालामा पत्रकार आचार संहिता, निश्पक्ष पत्रकारिता , मिडिया सम्बन्धि कानुन, चलचित्र, समिक्षा, डिजिटल पत्रकारिता, चलचित्र पत्रकारिता, पर्यटन, फोटो तथा मल्टिमिडिया लगायत बिषयमा प्रशिक्षण राखिएको चलचित्र पत्रकार संघ, नेपालका केन्द्रिय अध्यक्ष सन्दीप सापकोटाले बताए । उनले कार्यशालाले चलचित्र पत्रकारहरुको क्षमता अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : टेरामक्स प्रकरणमा ज्ञानेन्द्रबहादुर कार्कीसहित तीन जनाविरूद्ध चलाइएन मुद्दादेखि पेट्रोलियम पदार्थको मूल्य घट्योसम्म
-
माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा भट्ट चयन
-
टेरामक्स प्रकरण : ज्ञानेन्द्रबहादुर कार्कीसहित तीन जनाविरूद्ध चलाइएन मुद्दा
-
प्रदेशको बेरुजू एक वर्षमै थपियो ७६ करोड ५४ लाख
-
कोशीका दुई मन्त्रालयको ‘बेरुजु फर्छ्यौट अभियान’
-
‘सगरमाथा संवाद’ को तयारी पूरा, शुक्रबार उद्घाटन हुने