साफ यू–१५ छात्रा टोली घोषणा
काठमाडौं – भुटानमा अक्टोबर ९ देखि १५ तारिखसम्म आयोजना हुने साफ यू–१५ छात्रा च्याम्पियनसिप फुटबलका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली टोलीको घोषणा गरेको छ ।
छात्रा टोलीका प्रशिक्षक राकेश श्रेष्ठले बिहीबार २३ सदस्यीय खेलाडी टोलीको घोषणा गरेका हुन् । छात्रा टोलीको गोलरक्षकमा सावित्री किशन, पूजा थापा र लीला जोशी रहेका छन् ।
रक्षकमा कुमारी तामाङ, सरु हमाल, मञ्जु खड्का, प्रतीक्षा चौधरी, दिव्य यस्माली मगर, सविना चौधरी र पुष्पा गुरुङ रहेका छन् । मिडफिल्डरमा अनु राई, सुरक्षा सुखरिया, ममता पुन, सारा वज्राचार्य, मनमाया धामी, सुष्मा जीटी, मनीष राउत, सुनकला राई र अस्मिता रानापाल रहेका छन् ।
स्ट्राइकरमा प्रीति राई, अस्मिता कार्की, मन्दिरा राई र निकिता थोकर रहेका छन् । च्याम्पियनसिपमा नेपाल, बंगलादेश, भुटान र भारतबीच प्रतिस्पर्धा हुनेछ । नेपालले पहिलो खेल भारतसँग खेल्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक सेवा एकाइ कार्यक्रम सञ्चालनसम्बन्धी मार्गदर्शन जारी
-
रोजगार सिर्जना र हस्तकला पुस्तान्तरण गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह
-
सुर्खेतमा फोर्स गाडी दुर्घटना : १९ जना घाइते, ३ जनाको अवस्था गम्भीर
-
खैरो हेरोइनसहित दुई जना भारतीय नागरिक पक्राउ
-
इरानका पश्चिमी र दक्षिणी सहरसम्म फैलियो अमेरिकी आक्रमण
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण