मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

सागको लोगो र मस्कट मनास्लु पुर्याइने

बिहीबार, १९ भदौ २०७६, २१ : ४३
बिहीबार, १९ भदौ २०७६

काठमाडौं – नेपालमा हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) को लोगो र मस्कट अंकित व्यानर ‘किलर माउन्टेन’ को रुपमा परिचित मानास्लु हिमालको चुचुरोमा पुर्याइने भएको छ । आरोही प्रकाशराज पाण्डेले उक्त व्यानर आठ हजार एक सय ६३ मिटर उचाईको हिमाल मनास्लुको चुचुरोमा लान लागेका हुन् ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेशकुमार सिलवालले सफलताको शुभकामना दिदै व्यानर प्रकाशलाई बिहीबार हस्तान्तरण गरे । मनास्लुको चुचुरोमा पु¥याएको व्यानरलाई सागको उद्घाटान समारोहमा हस्तान्तरण गर्ने प्रकाशले जानकारी दिए । 

सेप्टेम्बर तेस्रो साता प्रकाश मनास्लु आरोहण गर्ने तयारीमा छन् । रामेछाप निवासी २८ वर्षीय प्रकाशले विश्वको सर्वोच्च शिखर सगरमाथा, अमादब्लम र आईल्यान्ड पिकको पनि सफल आरोहण गरिसकेका छन् । उनले बडेन पावेल स्काउट पिकको पनि दुई पटक सफल आरोहण गरिसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप