सागको लोगो र मस्कट मनास्लु पुर्याइने
काठमाडौं – नेपालमा हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) को लोगो र मस्कट अंकित व्यानर ‘किलर माउन्टेन’ को रुपमा परिचित मानास्लु हिमालको चुचुरोमा पुर्याइने भएको छ । आरोही प्रकाशराज पाण्डेले उक्त व्यानर आठ हजार एक सय ६३ मिटर उचाईको हिमाल मनास्लुको चुचुरोमा लान लागेका हुन् ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेशकुमार सिलवालले सफलताको शुभकामना दिदै व्यानर प्रकाशलाई बिहीबार हस्तान्तरण गरे । मनास्लुको चुचुरोमा पु¥याएको व्यानरलाई सागको उद्घाटान समारोहमा हस्तान्तरण गर्ने प्रकाशले जानकारी दिए ।
सेप्टेम्बर तेस्रो साता प्रकाश मनास्लु आरोहण गर्ने तयारीमा छन् । रामेछाप निवासी २८ वर्षीय प्रकाशले विश्वको सर्वोच्च शिखर सगरमाथा, अमादब्लम र आईल्यान्ड पिकको पनि सफल आरोहण गरिसकेका छन् । उनले बडेन पावेल स्काउट पिकको पनि दुई पटक सफल आरोहण गरिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दाइजो प्रथा अन्त्यका लागि मधेसबाट राष्ट्रिय अभियान सुरु गर्ने तयारी
-
अमेरिका नयाँ शुल्क घोषणा गर्ने तयारीमा
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण