सोसल मिडियामा किन यी व्यक्तिलाई भनिँदै छ, ‘रानू मण्डलका छोरा त होइनन् ?’
रानू मण्डल, यो नामसँग अपरिचित सायदै कम होलान् । रातारात स्टार बनेकी रानूका केही दिनभित्रै लाखौं करोडौं फ्यान बनिसकेका छन् । यहाँसम्म कि रानूमाथि नकारात्मक टिप्पणी गर्दा मानिसहरुले लता मंगेशकरलाई पनि सोसल मिडियामा जवाफ दिएका छन् । भिख मागेर पेट पाल्ने रानू आफ्नो आवाजको दममा यहाँसम्म पुगेकी हुन् । यसैबीच अर्का एक व्यक्तिको पनि भिडियो चर्चाको केन्द्रमा छ जसलाई सोसल मिडियामा रानू मण्डलका छोरा बताइँदैछ । यस्तो यसकारण किनभने सामानय देखिने यी व्यक्तिको आवाजमा गज्जबको जादु छ ।
वास्तवमा हालै एक फेसबुक पेजले एक निकै साधारण देखिने व्यक्तिको भिडियो सेयर गरेको छ । यी व्यक्ति भित्तामा अडेस लागेर उभिएका छन् र गीत गाइरहेका छन् । उनले भिडियोमा दुईवटा गीत र्गा । पहिलो गित ‘तेरी उम्मीद तेरा इन्तजार करते हे’ र दोस्रो गीत ‘सोचेंगे तुम्हे प्यार’ । यो भिडियोको क्याप्सनमा सोधिएको छ, ‘कतै यी रानू मण्डलका छोरा त होइनन् ? के यी हिरालाई पनि चम्काउन कोही तयार हुनेछन् ? एकपटक पक्कै सुन्नुहोस् ।’
रानू मण्डललाई लता मंगेशकरको कपी बताइए झैं यी व्यक्तिलाई पनि कुमार शानुको कपी बताइँदै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण