सेरेनालाई हराउँदै १९ वर्षीया वियन्का च्याम्पियन
आइतबार, २२ भदौ २०७६, ०९ : २७
एजेन्सी । युएस ओपन टेनिसको उपाधि क्यानडाकी वियन्का एन्डे«स्क्यूले जितेकी छन् । आइतबार बिहान भएको फाइनल खेलमा वियन्काले अमेरिकी स्टार सेरेना विलियम्सलाई सोझो सेटमा हराउँदै च्याम्पियन बनेकी हुन् ।
१५औं वरीयताकी वियन्काले आठौं वरीयतामी सेरेनामाथि ६–३, ७–५ को जित निकालिन् । १९ वर्षीया वियन्काको यो पहिलो ग्रान्डस्लाम उपाधि हो । पहिलो पटक च्याम्पियन बन्ने क्रममा वियन्काले एक घन्टा ४० मिनेट समय खर्चिएकी थिइन् ।
यसअघि ६ पटककी युएस ओपन विजेता सेरेना फाइनलमा त्यति जम्न सकिनन् । जसले गर्दा ३७ वर्षीया सेरेनाले २४औं ग्रान्डसलाम उपाधि चुम्ने सपना साकार भएन ।
उपाधि जितेपछि खुशी मनाउँदै वियन्काले सेरेनाविरुद्ध आत्मविश्वासका साथ खेल्दा जित सम्भव भएको बताइन् ।
सेरेनाले वियान्काले अविश्वनीय खेल प्रदर्शन गरेको बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई जना भारतीय नागरिक पक्राउ
-
इरानका पश्चिमी र दक्षिणी सहरसम्म फैलियो अमेरिकी आक्रमण
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण