कंगनासँगको विवादको विषयमा ऋतिकले मिडियाप्रति यसरी दुःख व्यक्त गरे
बलिउड अभिनेता ऋतिक रोशन यतिबेला उनको नयाँ फिल्म ‘वार’ को प्रमोशनमा व्यस्त छन् । पछिल्लो फिल्म ‘सुपर–३०’ को सफलतापछि ऋतिक पुनः नयाँ फिल्मको प्रमोशनको लागि विभिन्न कार्यक्रममा व्यस्त हुन थालेका छन् ।
उनले भर्खरै सिंगापुरमा हिन्दुस्तान टाइम्स मिट एसिया लिडरशिप समिटमा भाग लिए । उनीसँगै कार्यक्रममा कैटरीना कैफ पनि थिइन् । उनले ऋतिकको व्यक्तिगत जिन्दगीको बारेमा थुप्रै प्रश्न गरेकी थिइन् । भने उनले पनि खुलेर जवाफ दिएका थिए ।
उनले अभिनेत्री तथा उनकी पूर्वप्रेमिका कंगना रनौतको विषयमा पनि खुलेर बोलेका थिए । उनले मिडियाप्रति गुनासो समेत गरेका थिए ।
ऋतिकले भने, ‘मलाई सबैभन्दा बढि दुख मिडियासँग लागेको छ । मिडियाले झुट र धोकेबाज व्यक्तिलाई धेरै चासो र चर्चा गर्यो ।’
पछिल्लो पटक कंगनाको ‘मणिकर्णिका’ र ऋतिकको ‘सुपर –३०’ को मिति जुधेको थियो । तर ऋतिकले फिल्मको रिलीज मिति पछाडि सारे । यसैबीच पनि कंगनाकी बहिनी रंगोलीले सामाजिक सञ्जालमा ऋतिक रोशनको फिल्म फ्लप हुने दाबी समेत गरेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
-
कानुन कार्यान्वयनको अध्ययन गर्न राष्ट्रियसभाले बनायो उपसमिति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण