घुस लिएको आरोपमा सहायक वन अधिकृतविरुद्ध मुद्दा
काठमाडौं –अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाँसगढी सवडिभिजन वन कार्यालय बर्दियाका सहायक वन अधिकृत अनिलकुमार गुप्ताविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
गुप्तालाई उपभोक्ता समितिको काठ मिलमा चिरान सिफारिश गरेबापत सेवाग्राहीसँग रु १० हजार घुस लिएको अभियोग लागेको छ । यस्तै आयोगले महोत्तरी जिल्ला अदालतमा कार्यरत नापी सर्वेक्षक मोहन यादवविरुद्ध पनि विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
यादवलाई जिल्ला अदालतमा दर्ता भएको मुद्दा मिलाइदिने भन्दै सेवाग्राहीसँग रु एक लाख ५० हजार घुस लिएको अभियोग लागेको छ । जग्गाको किचलो मिलाइदिने भन्दै सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा यादवलाई आयोगको टोलीले केही दिन अघि पक्राउ गरेको हो ।
बिगोअनुसारको दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । यस्तै अस्थायी ट्राफिक प्रहरी पोस्ट नेपालथोक, दुम्जामा कार्यरत प्रहरी सहायक निरीक्षक श्यामबहादुर माझीलाई रु १० हजार घुस लिएको आरोपमा पक्राउ गरेको छ ।
काठमाडौँबाट सिन्धुली हुँदै बाहिरिने सवारीसाधनका चालकबाट माझीले घुस लिएको आरोप लागेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत भ्रमणबाट फर्किएपछि रविले भने, ‘परराष्ट्र नीति पार्टीको हुँदैन, देशको हुन्छ’
-
तपाईँ प्रधानमन्त्री बन्ने हल्ला छ नी भन्ने प्रश्नमा रविले दिए यस्तो जवाफ
-
रमा तिवारीको हत्यामा संलग्न आरोपमा भारतीय युवक पक्राउ
-
जनकपुरधाममा अव्यवस्थित पार्किङले सास्ती, व्यवस्थापनको पर्खाइमा सर्वसाधारण
-
भारत भ्रमण सकेर स्वदेश फर्किएका रवि लामिछानेले के भने ?
-
फेरि बढ्यो अण्डाको मूल्य : प्रति क्रेट कति पुग्यो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण