सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

घुस लिएको आरोपमा सहायक वन अधिकृतविरुद्ध मुद्दा

आइतबार, २२ भदौ २०७६, २१ : १८
आइतबार, २२ भदौ २०७६

काठमाडौं –अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाँसगढी सवडिभिजन वन कार्यालय बर्दियाका सहायक वन अधिकृत अनिलकुमार गुप्ताविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । 

गुप्तालाई उपभोक्ता समितिको काठ मिलमा चिरान सिफारिश गरेबापत सेवाग्राहीसँग रु १० हजार घुस लिएको अभियोग लागेको छ । यस्तै आयोगले महोत्तरी जिल्ला अदालतमा कार्यरत नापी सर्वेक्षक मोहन यादवविरुद्ध पनि विशेष अदालतमा मुद्दा दायर गरेको छ । 

यादवलाई जिल्ला अदालतमा दर्ता भएको मुद्दा मिलाइदिने भन्दै सेवाग्राहीसँग रु एक लाख ५० हजार घुस लिएको अभियोग लागेको छ । जग्गाको किचलो मिलाइदिने भन्दै सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा यादवलाई आयोगको टोलीले केही दिन अघि पक्राउ गरेको हो । 

बिगोअनुसारको दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । यस्तै अस्थायी ट्राफिक प्रहरी पोस्ट नेपालथोक, दुम्जामा कार्यरत प्रहरी सहायक निरीक्षक श्यामबहादुर माझीलाई रु १० हजार घुस लिएको आरोपमा पक्राउ गरेको छ । 

काठमाडौँबाट सिन्धुली हुँदै बाहिरिने सवारीसाधनका चालकबाट माझीले घुस लिएको आरोप लागेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप