एसिड प्रहारबाट घाइते मुस्कानलाई नेकपा कार्यकताद्वारा सहयोग

रौतहट – एसिड प्रहारबाट घाइते भएकी विरगञ्जकी मुस्कान खातुनको उपचारका लागि रौतहटस्थित नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले नगद सहयोग गरेका छन् ।
नेकपा रौतहटका तिन कार्यकर्ता तथा एक जना कर्मचारीले गरी कुल ५५ हजार नगर घाइते मुस्कान खातुनका बुवालाई कीर्तिपुर अस्पतालमा भेटेर हस्तानतरण गरेका हुन् ।
नेकपा रौतहटका जिल्ला सदस्य राकेश गिरीले १५ हजार, कटहरिया नगरप्रवक्ता चन्दन कुश्वाहाले १५ हजार, ईशनाथ नगरकमिटिका नेकपाका अध्यक्ष मोहन मेहताले १५ हजार तथा ईशनाथ नगरपालिकाका प्रशासकिय अध्यक्ष नन्दकिशोर गुप्ताले १०हजार सहयोग गरेका थिए ।
नेकपा प्रदेश २ का अध्यक्ष तथा रौतहट संसदिय निर्वाचन क्षेत्र ३ का संघिय सांसद प्रभु साह एसिड प्रहारबाट घाइते मुस्कान खातुनलाई शनिवार किर्तिपुर अस्पतालमा भेटेर आएपछी नेकपाका कार्यकर्तालाई घाइतेको उपचारमा सहयोग गर्न अनुुरोध गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिला राईको ‘उहिलेको माया’ सार्वजनिक
-
अमेरिकाले धेरै सहयोग गर्दैछः इजरायली प्रधानमन्त्री नेतन्याहु
-
हामी इरानको पक्षमा छौंः हिजबुल्लाह
-
विद्युत् कटौतीले वीरगञ्ज–पथलैया औद्योगिक करिडोरका उद्योग समस्यामा
-
राष्ट्रपति ट्रम्पमाथि विश्वास राख्नुस्: ह्वाइट हाउस प्रेस सचिव क्यारोलिन
-
इरान–इजरायल युद्धमा अमेरिका सहभागी हुने नहुने दुई सातामा निर्णय गर्दै ट्रम्प