मेटलाईफको ग्राहक व्यतित बिमालेख पुनर्जागरण अभियान
काठमाडौं– मेटलाईफ नेपालले आफ्ना बिमितहरुका लागि पुनर्जागरण अभियान सञ्चालन गरेको छ ।
यस अभियानसँगै कम्पनीले व्यतित बिमालेखहरुको बक्यौता बिमा शुल्कमा लाग्ने विलम्ब शुल्कमा ५० प्रतिशतदेखि १०० प्रतिशतसम्म छुट प्रदान गरेको छ ।
सो अवधिभर बिमितहरुले आफनो व्यतित जीवन बिमालेखहरुलाई पुनर्जागरण गर्दा विलम्ब शुल्कमा ५० प्रतिशतदेखि १०० प्रतिशतसम्म छुट प्राप्त गरी जीवन बिमालाई निरन्तरता दिन सक्दछन् ।
व्यतित अवधि ५ वर्षभित्रका व्यतित बिमालेखहरुको हकमा कुनै पनि विलम्ब शुल्क लाग्ने छैन । व्यतित अवधि ५ वर्षभन्दा बढी भएको व्यतित बिमालेखमा विलम्ब शुल्कमा ५० प्रतिशत छुट हुनेछ ।
कम्पनीको विलम्ब शुल्क छुट
तिन किस्ते भुक्तानी, इण्डोमेन्ट, शिक्षा संरक्षण र शुभविष्य बिमा आजिवन आय । यी बिमा योजनाहरुमा लागु हुनेछ ।
मेटलाइफ नेपालका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मल काजी श्रेष्ठ भन्छन्, ‘यो अभियान मेटलाईफको ग्राहकलाई व्यतित बिमालेख पुर्नजागरण गरी आफनो र आफनो परिवारलार्ई सुरक्षित राख्न सहयोग गर्नेछ । यसका साथै हामीले पुर्नजागरण प्रक्रियालाई सरलीकृत पनि गरेको छ ।’
यो अभियान मिति २०७६ भाद्र २४ गतेदेखि चालू भएर सिमित अवधिको लागि हुनेछ ।
मेटलाईफ इन्कको को सहायक संस्था, संयुक्त राज्य अमेरिकामा संस्थापित अमेरिकन लाइफ इन्स्योरेन्स कम्पनीको शाखाको रुपमा सन् २००१ देखि नेपालमा संचालन भइरहेको छ ।
नेपालमा यसले आºना व्यक्तिगत तथा संस्थागत ग्राहकहरुलाई जीवन बिमा, दुर्घटना तथा स्वास्थ्य बीमा र सामुहिक बिमा जस्ता बिमा योजनाहरु उपलब्ध गराउदै आइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण