९६ किलो लागुऔषध गाँजासहित ५ जना पक्राउ
मकवानपुरको हेटौंडाबाट ९६ किलो ४ सय ग्राम लागुऔषध गाँजासहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पूर्वपश्चिम राजमार्ग स्थित हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१० मेनरोडबाट प्रहरीले उक्त परिमाणको लागुऔषध गाँजासहित कन्टेनर र ५ जनालाई पक्राउ गरेको हो ।
मंगलबार राती १० बजेको समयमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको बिशेष प्रहरी टोलीले ना.२ ख ५५७९ नम्बरको कन्टेनर गाडीमा लुकाईछिपाई ल्याइको लागुऔषध गाँजा ९६ किलो ४ सय ग्रामसहित ५ जनालाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा कन्टेनरका चालक मनहरी गाउँपालिका वडा नम्बर–६ का २५ वर्षीय सन्तोष आलेमगर, सह–चालक सोही ठाउँ बस्ने बर्ष २१ को मोसा घलान र सो कन्टेनरमा सवार कैलाश गाउँपालिका वडा नम्बर–८ भार्ता बस्ने वर्ष २४ का उमेश लामालाई, सोही स्थान बस्ने बर्ष २९ का रोशन मोक्तान र चितवन राप्ती नगरपालिका वडा नम्बर–२ बस्ने बर्ष ३१ का बिष्णु लामा रहेको प्रहरीले जनाएको छ ।
बिशेष सूचनाको आधारमा मनहरीबाट हेटौडा तर्फ आउँदै गरेको उक्त कन्टेनरलाई हेटौंडा–११ थानाभ¥याङमा रोक्न खोज्दा नरोकी फरार भएको र प्रहरी टोलीले उक्त कन्टेनरको हेटौंडा–१० मेनरोड (भुटनदेवी मोड)बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उक्त कन्टेनर चेकजाँच गर्दा कन्टेनरको केविनमा फल्स बटम बनाई लुकाई छिपाई ल्याएको १२ वटा पोकामा लागुऔषध गाँजा ९६ किलो ४ सय ग्राम फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक जयश्वर रिमालले जानकारी दिए ।
पक्राउ परेका व्यक्ति, लागुऔषध गाँजा र कन्टेनरलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अघि बढाइएको प्रवक्ता रिमालले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आइतबार बस्ने
-
गृह र श्रम मन्त्रालयसँगको समन्वयमा विदेश पुगेका नेपालीहरूका सम्बन्धमा अध्ययन भइरहेको छः राणा
-
इजरायली आक्रमणमा इरानका कम्तीमा ६ आणविक वैज्ञानिकको मृत्यु
-
तत्काल फाइभजी सम्भव छैन : एनसेल
-
रवीन्द्र मिश्र र धवलशमशेर छिट्टै अदालतमा उपस्थित हुने
-
इजरायलको आक्रमणमा इरानी कमान्डर होसेन सलामीको मृत्यु, मध्यपूर्वमा युद्धको खतरा चुलियो