नायिका उर्मिला मातोन्डरकले कांग्रेसबाट दिइन् राजीनामा, पार्टीमा आन्तरिक गुटबन्दीका कारण थिइन् रुष्ट
बलिउड अभिनेत्री उर्मिला मातोन्डकरले पाँच महिनापछि नै कांग्रेसबाट राजीनामा दिएकी छिन् ।
उनले राजीनामाको घोषणा पछि मंगलबार भनिन्, ‘मेरो राजनीतिक र सामाजिक बुझाई ठूला लक्ष्य हासिल गर्नु हो तर मुम्बई कांग्रेसको आन्तरिक गुटबन्दीका कारण म यस्तो गर्न सकिरहेको छैन ।’
उर्मिला सन् २०१९ को लोकसभा चुनावको ठिक अघि कांग्रेसमा समावेश भएकी थिइन् । उनले उत्तर मुम्बई सिटबाट चुनाव लडेकी थिइन् तर भाजपा प्रत्याशी गोपाल शेट्टीसँग हारेकी थिइन् ।
उर्मिलाले राजीनामा पत्रमा लेखिन्, ‘पहिलो पटक राजीनामाको विचार त्यतिबेला आयो जब मे १६ मा मैले लेखेको पत्रमाथि तत्कालीन मुम्बई कांग्रेस अध्यक्ष मिलिन्द देवडाले कुनै प्रतिक्रिया दिएनन् । त्यसपछि यो गोप्य छलफललाई निकै सजिलै मिडियामा सार्वजनिक गरियो । यो ममाथि छल थियो ।’
वास्तवमा, लोकसभा चुनावको नतिजा अघि उर्मिलाले चिट्ठी लेखेर आफ्नो हारका लागि स्थानीय नेतामाथि औंला उठाएकी थिइन् । हारका लागि कमजोर रणनीति, कार्यकर्ताको नजरअन्दाज र पुँजीको कमीलाई जिम्मेवार बताएकी थिइन् ।
केही दिन अघि केन्द्र सरकारमाथि पनि निशानाः
उर्मिलाले केही दिन अघि जम्मू–कश्मीरबाट धारा ३७० हटाएका कारण केन्द्र सरकारलाई पनि निशाना साँधेकी थिइन् । उनले जम्मू–कश्मीरमा इन्टरनेट र फोन सेवा बन्द भएका कारण आफ्ना घरका सदस्यबारे केही खबर नपाएको बताएकी थिइन् । उर्मिलाको विवाह मोहसिन अख्तर मीरसँग भएको हो । उनी कश्मीरका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण