प्रधानमन्त्री ओलीले मुलुकलाई एकतन्त्रीय शासनतर्फ लैजान खोजे : कोइराला
काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका महामन्त्री डा.शशांक कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीको चर्को आलोचना गरेका छन् । काँग्रेस महामन्त्री कोइरालाले सम्पूर्ण अधिकार आफ्नो हातमा लिएर मुलुकलाई एकतन्त्रीय शासनतर्फ लैजाने खतरनाक प्रयास गरिरहेको भन्दै प्रधानमन्त्री ओलीको चर्को आलोचना गरेका हुन् ।
मुलुकलाई एकतन्त्रीय शासनतर्फ लैजान प्रधानमन्त्री ओलीको सो भूमिका मुलुककै लागि खतरनाक हुने उनको बुझाई छ । नेपाल राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिङ महासंघको तेस्रो वार्षिक साधारणसभालाई बुधबार नवलपुरको गैंडाकोटमा उद्घाटन गर्दै उनले संविधान परिवर्तन गर्ने सरकारको प्रयासलाई सफल हुन नदिने चेतावनी पनि दिए ।
महामन्त्री कोइरालाले संविधानमा केरमेट गर्ने सरकारको प्रयासलाई सफल हुन नदिन आफ्नो पार्टी सचेत रहेको पनि बताए । उनले नेपाली जनताको ७० वर्षदेखिको चाहना पूरा गर्न संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरिएको भएपनि सरकारले जनताको चाहना र भावनाअनुसार काम गर्न नसकेको दावी पनि गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
-
स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने
-
गैँडा मार्ने उद्देश्यले निकुञ्ज छिरेको आशङ्कामा दुई व्यक्ति पक्राउ
-
शिक्षा–स्वास्थ्यको समता शुल्क कानुनी रूपमा खारेज गर्न र बिजुलीको भ्याट फिर्ता लिन आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण