राष्ट्रिय युवा संघको विशेष बैठकले गर्यो महत्त्वपूर्ण सात निर्णय
काठमाडौँ– राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय समिति ३३५ सदस्यीय बन्ने भएको छ । युवा संघ नेपाल र वाइसीएलबीच एकता भइ बनेको राष्ट्रिय युवा संघको विशेष बैठकले केन्द्रीय समिति ३३५ सदस्यीय बनाउन पार्टीसँग अनुमति माग्ने निर्णय गरेको हो ।
बैठकले गरेका निर्णय बिहीबार सार्वजनिक गर्दै राष्ट्रिय युवा संघले ४ जना पछि थप्नेगरी ३३१ मध्ये साविक युवासंघ नेपालबाट १७६ र वासिएलबाट १५५ जना सदस्य चयन गर्ने जनाएको छ ।
त्यस्तै बैठकले राष्ट्रिय युवा संघ नेपालको सचिवालयमा युवासंघबाट ५७ र वासिएलबाट ५२ जना गरी थप्ने निर्णय गरेको छ । त्यस्तै केन्द्रीय कार्यालयको नौ सदस्यका लागि युवासंघबाट ५ र वाइसिएलबाट चार जना चयन गरिने, संगठनको केन्द्रीय कार्यालय पेरिसडाँडामा राखिने निर्णय पनि गरेको छ ।
त्यस्तै यसअघि पारित मस्यौदा विधानमा यो निर्णय समावेस गरेर पारित गरिएको राष्ट्रिय युवा संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । त्यसैगरी सात प्रदेशमध्ये ४ मा तत्कालीन युवासंघ र ३ प्रदेशमा तत्कालीन वासिएलले संगठनात्मक नेतृत्व लिने तथा ७७ मध्ये ४२ मा साविक युवासंघ र ३५ जिल्लामा साविक वाइसिएल नेपालले संगठनात्मक नेतृत्वको जिम्मेवारी लिने निर्णय भएको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण