मेस्सीका कारण मोउरिन्हो राम्रो प्रशिक्षक
जोसे मोउरिन्होले बार्सिलोनाका सुपर स्टार लियोनल मेस्सीका आफुले प्रशिक्षककमा रुपमा राम्रो गर्न सकेको बताएका छन् । कहिल्यै मेस्सीको प्रशिक्षक बन्ने सौभाग्य नपाएका मोरिन्होले मेस्सीविरुद्ध रणनिति तयार पार्दा आफु राम्रो बन्न सकेको बताएका हुन् ।
मोउरिन्होले स्पेनिस लिगमा रियल म्याड्रिडको जिम्मेवारी सम्हाल्दा बार्सिलोना मुख्य प्रतिद्वन्द्वीको रुपमा रहेको थियो । त्यसक्रममा मोउरिन्होले मेस्सीलाई रोक्न विभिन्न रणनीति तयार पार्ने गरेको सुनाएका छन् । मेस्सीविरुद्ध रियल म्याड्रिड बाहेकमा पनि मोउरिन्होले सामना गरेका छन् । उनले मेस्सीजस्ता खेलाडीले उनलाई प्रशिक्षकको रुपमा थप राम्रो गर्न प्रेरणा मिलेको पनि बताए । मेस्सीको प्रदर्शन क्षमता बेजोड रहेको भन्दै उनलाई रोक्न अनेकौ रणनिति तयार पारेको स्मरण मोउरिन्होले गरेका छन् ।
‘मैले प्रशिक्षण दिएका खेलाडीलाई सँधै धन्यवाद भन्ने गरेको छु । जसलाई मैले प्रशिक्षण दिएको छैन र जसले मेरो टोलीवरुद्ध खेले, उनीहरुलाई विशेष धन्यवाद भन्नुपर्छ,’ मोउरिन्होले भने । मोउरिन्होले मेस्सीले आफ्नो टोलीबाट कहिल्यै नखेलेपनि उनको विरुद्ध रणनिति बुन्दाबुन्दै आफु सफल भएको बताए । यस कुरा मेस्सीसँगै अन्य खेलाडीमा पनि लागु हुने तर्क मोउरिन्होले गरेका छन् ।
मोउरिन्होले सन् २०१० देखि २०१३ सम्म रियलको प्रशिक्षकको जिम्मेवारी सम्हालेका थिए । उनले रियललाई ला लिगा, एक कोपा डेल रे र स्पेनिस सुपर कप जिताएका थिए । रियलपछि पुरानो क्लब चेल्सी फर्केका मोउरिन्हो म्यानचेस्टर युनाइटेडमा दुई बर्ष रहे । युनाइटेडबाट अघिल्लो सिजन बर्खास्तीमा परेका मोउरिन्हो अहिले कुनैपनि क्लबको प्रशिक्षक छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण