संविधान दिवस मनाउने नमनाउने बारेमा समाजवादी पार्टीले आज निर्णय गर्ने
काठमाडौँ । असोज ३ लाई संविधान दिवसको रुपमा मनाउने कि विरोध दिवसमा मनाउने त्यसको बारेमा छलफल गर्नका लागि आज समाजवादी पार्टीले बैठक बोलाएको छ ।
बालकुमारीस्थित पार्टी कार्यालयमा आज बस्ने पार्टीको पदाधिकारी बैठकले संविधान दिवसको बारेमा निर्णय लिने पार्टी प्रचार प्रसार विभागका उपप्रमुख विश्वदीप पाण्डेले बताए । तराई मधेशमा संविधान दिवसमा कालो दिवसका रुपमा मनाउने भनेर विभिन्न संघ संगठन र पार्टीले निर्णय गरिसकेको छ ।
गत वर्ष समाजवादी पार्टीले संविधान दिवसको विरोध पनि गरेको थिएन, न समर्थन गरेको थियो । त्यसले गर्दा पार्टीमा विवाद भएको थियो । यसपटक के गर्ने विषयमा पार्टीले नै निर्णय गरेर सर्कुलर पठाउने बताएको छ ।
साथ बैठकले पार्टीको बाँकी रहेका समायोजनको प्रकृयाका बारेमा पनि छलफल हुने बताइएको छ । नयाँ शक्ति नेपालसँग एकीकरण गरेपछि दुई दलबीच तल्लो तहसम्म समायोजन हुने कार्य चलिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण