सुविधासम्पन्न अस्पताल स्थानीय तहलाई हस्तान्तरण
दोलखा– दोलखाको वैत्येश्वर गाउँपालिका–५ मैनापोखरीमा सञ्चालनमा रहेको हिमालयन केयर हेन्सको स्वामित्वमा सही हिमालयन स्वास्थ्य सहकारीले व्यवस्थापन गर्दै आएको सुविधासम्पन्न हिमालय केयर अस्पताल स्थानीय तहलाई हस्तान्तरण गरिएको छ ।
अस्पताल रहेको पाँच रोपनी जग्गा भौतिक संरचना तथा अस्पतालको उपकरणसहित ६ करोड मूल्य बराबरको सामग्रीसहित अस्पताल वैत्येश्वर गाउँपालिकालाई हस्तान्तरण गरिएको हो ।
सम्पूर्ण संरचना तथा उपकरणहरुसहित गाउँपालिकाको नाममा पास गरी जग्गाधनी पुर्जासहित सम्पूर्ण स्वामित्व गाउँपालिकाको हुने गरी हस्तान्तरण भएको गाउँपालिकाका उपाध्यक्ष रविचन्द्र आचार्यले बताए ।
संस्थाले सञ्चालन गरिरहेको अस्पताल गाउँपालिकाले नै आफ्नो स्वामित्वमा सुविधासम्पन्न अस्पताल सञ्चालन गर्ने भएपछि स्थानीयहरु उत्साहित भएका छन् ।
गाउँपालिकाभित्र अन्य अस्पताल नभएको र सामान्य जाँच गराउनका लागिसमेत जिल्ला अस्पताल धाउनुपर्ने बाध्यता रहेकामा जटिल समस्याबाहेक अन्य सबै सुविधा सहज तरिकाले पाउन सकिने वैतेश्वर गाउँपलिकाका स्वास्थ्य शाखाप्रमुख देवलाल तामाङले बताए ।
अस्पतालबाट जिल्लाको जुङ्गु, झयाकु, क्षेत्रपा, नाम्दु, काव्रे, गैरिमुदी, मिर्गे ठूलोपातल लगायतका नागरिकले स्वास्थ्य सुविधा लिँदै आएका छन् । स्वास्थ्य आम नागरिकको मौलिक अधिकार भए तापनि गाउँपालिकाका नागरिकलाई भरपर्दो स्वास्थ्य सेवा दिन नसकिरहेको अवस्थामा गाउँपालिकाकै स्वामित्वमा व्यवस्थित तरिकाले अस्पताल सञ्चालन गर्न थालिएको गाउँपालिका उपाध्यक्ष रविचन्द्र आचार्यले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण